• ६ जेठ २०८१, आइतबार

म्यान्मामा चट्याङको प्रभावले ७३ जनाको मृत्यु

blog

फाइल तस्बिर

याङ्गुन (म्यान्मा), वैशाख २५ गते । म्यान्माको विपद व्यवस्थापन विभागलाई उदृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३-२४ मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक वर्षभरि अप्रिल-मार्चसम्म म्यान्माले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइतेसमेत भएका छन् । यस अवधिमा देशभर चट्याङबाट हताहतको सङ्ख्या हावाहुरीका कारण हुने हताहतको सङ्ख्याभन्दा बढी रहेको छ । म्यान्माको विपद व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको सङ्ख्या कम गर्न सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा