दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।
'लु'बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् ।
फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु
फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ ।
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ ।
अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्यो
अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिसन कार्यको खुलासा
सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न अन्तरिक्ष विज्ञान र अनुप्रयोग परीक्षण तथा प्रयोगका साथै धेरै अन्तरिक्ष पदयात्रा गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सिएमएसए)ले बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेको छ ।
संयुक्त राष्ट्र प्रमुखद्वारा २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
संयुक्त राष्ट्रसङ्घले मङ्गलबार क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो ।
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ ।
चिनियाँ प्रहरीद्वारा विदेशमा आर्थिक फरार व्यक्तिको खोजी अभियान सुरु
चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्षका लागि अभियानको योजना बनाएको छ ।
नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डाटा फिर्ता गरिरहेको जनाएको छ ।
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।
चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता
दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्यवस्थापन विभागले बताएको छ ।
मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृत्यु
मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ ।
चरम सङ्कटमा हैटी
क्यारेबियन क्षेत्रको एक गरिब मुलुक हैटी चरम सङ्कटमा फसेको छ । तीन वर्षअघि सन् २०२१ को जुलाईमा बन्दुकधारी समूहले त्यहाँका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेपछि अहिलेसम्म निर्वाचित नेतृत्व आउन नसकेकाले हैटीमा अस्थिरता छ । अहिले निर्वाचित राष्ट्रपतिको माग गर्दै बन्दुकधारी समूहले राजधानी पोर्ट–अ–प्रिन्स कब्जा गरेका छन् । राजधानीमा कफ्र्यु र एक महिनाका लागि सङ्कटकाल लागू गरिएको छ । मुलुक सम्हाल्न नसकेपछि अन्तरिम प्रधानमन्त्री एरियल हेनरीले राजीनामा घोषणा गरेका छन् । कैयौँ सातादेखि चुलिँदो दबाब र बढ्दो हिंसापछि
सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल
वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायहरूबारे व्याख्या गर्नेछन् ।
अस्ट्रेलिया प्रहरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ
अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् ।
चिनियाँ प्रहरीले कम्बोडियाबाट फर्कायो ६८० जुवा, घोटालाका संदिग्धलाई
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले आइतबार प्रहरीले कम्बोडियाबाट जुवा खेल्ने र घोटाला गर्ने छ सय ८० भन्दा बढी संदिग्धलाई स्वदेश फर्काएको जनाएको छ ।
रफाहमा इजरायली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ ।
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
अमेरिकी सहर मेम्फिसमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।
जापानी सैन्य हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता
जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ वैज्ञानिकले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल
चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।
गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।