• २१ वैशाख २०८१, शुक्रबार

इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

blog

इरान, वैशाख ११ गते । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।

सिरियामा रहेको इरानी वाणिज्य दूतावासविरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायलविरुद्ध हालै गरेको ठुलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उहाँले राजधानी तेहरानमा सो टिप्पणी गर्नुभएको हो ।

कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताउनु भयो । उहाँले तेहरानले आफ्नो प्रतिसाेधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल