• २२ वैशाख २०८१, शनिबार

नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

blog

लस एन्जलस, वैशाख ११ गते । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डाटा फिर्ता गरिरहेको जनाएको छ । भोएजर–१ ले ४५ वर्षभन्दा बढी समयदेखि हाम्रो सौर्यमण्डलको अन्वेषण गरिरहेको छ ।

‘प्रोब’ र यसको जुम्ल्याहा भ्वायजर–२ ताराहरूबिच अन्तरिक्षमा उड्ने एक मात्र अन्तरिक्ष यान हो । स्पेस प्रोबले वैज्ञानिकलाई सौर्यमण्डलको बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्दछ । नासाका अनुसार अर्को चरण भनेको अन्तरिक्ष यानलाई पुनः विज्ञान डेटा फर्काउन सुरु गर्न सक्षम गर्नु हो ।

भोएजर–१ ले गत वर्ष नोभेम्बर १४ मा पृथ्वीमा पठनयोग्य विज्ञान र इन्जिनियरिङ डेटा पठाउन रोकेको थियो । यद्यपि मिसन नियन्त्रकहरूले अन्तरिक्ष यानले अझै पनि तिनीहरूको आदेशहरू प्राप्त गरिरहेको र सामान्यरूपमा सञ्चालन गरिरहेको बताएका छन् ।

मार्चमा दक्षिणी क्यालिफोर्नियामा नासाको जेट प्रोपल्सन प्रयोगशालामा भोएजर इन्जिनियरिङ टोलीले अन्तरिक्ष यानको तीनवटा अनबोर्ड कम्प्युटरमध्ये एउटासँग जोडिएको पुष्टि गरेको थियो । यो पृथ्वीमा पठाउनुअघि विज्ञान र इन्जिनियरिङ डेटा प्याकेजिङका लागि जिम्मेवार रहेको बताइएको छ ।

करिब ४६ वर्ष पहिले प्रक्षेपण गरिएको जुम्ल्याहा भोएजर अन्तरिक्ष यान इतिहासमा सबैभन्दा लामो र सबैभन्दा टाढाको अन्तरिक्ष यान हो ।

भोएजर इन्टरस्टेलरको उद्देश्य भनेको सौर्यमण्डलको नासा अन्वेषणलाई बाहिरी ग्रहहरूको छेउछाउभन्दा बाहिरको सूर्यको प्रभावको क्षेत्रको बाहिरी सीमासम्म विस्तार गर्नु हो ।

तिनीहरूको इन्टरस्टेलर अन्वेषण सुरु हुनुअघि दुवै प्रोबहरू शनि र बृहस्पतिबाट उडेका र भोएजर–२ युरेनस र नेप्च्युनबाट उडेका थिए । रासस/सिन्ह्वा