• २२ वैशाख २०८१, शनिबार

माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु

blog

कोलम्बो, वैशाख ९ गते । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ ।

संसदको ९३ सिटका लागि तीन सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको र तीमध्ये ४२ महिला उम्मेदवार छन् । यस निर्वाचनका लागि दुई लाख ८० हजारभन्दा बढी मतदाता योग्य छन् ।

माल्दिभ्सले निर्वाचन क्षेत्रमा छ सय दुई मतदान केन्द्र स्थापना गरेको छ । तीमध्ये तीनवटा विदेशमा श्रीलङ्काको कोलम्बो, भारतको त्रिवेन्द्रम र मलेसियाको क्वालालम्पुरमा छन् । स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजेसम्म चल्नेछ । रासस/सिन्ह्वा