कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँ : श्रीलङ्काका विदेशमन्त्री
श्रीलङ्काका विदेशमन्त्री अलि साब्रीले सोमबार भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई पुष्टि गर्दै एक जिम्मेवार छिमेकीको रूपमा कोलम्बोले कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न नदिने बताउनुभएको छ ।
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग
संयुक्त राज्य अमेरिकाका सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताउनुभयो ।
चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।
बेलायत र नेपालबिच व्यापार वृद्धि हुन्छ: प्रधानमन्त्री सुनाक
संयुक्त अधिराज्य (बेलायत)का प्रधानमन्त्री ऋषि सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।
इरानी राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोक घोषणा
इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत
इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ ।
इरानमा राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना : खोजी जारी
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार
इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो ।
उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने राष्ट्रपति जेलेन्स्कीको अपेक्षा
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो आक्रमण बढाउने अपेक्षा रहेको बताउनुका साथै किभसँग आक्रमण रोक्न आवश्यक हवाई रक्षाको एक चौथाई मात्र रहेको चेतावनी दिनुभएको छ ।
अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु
मध्यअफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ । जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।
भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैन : ह्वाइट हाउस
आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले शुक्रबार भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ ।
गाजामा इजरायलको कारबाहीविरुद्ध दक्षिण अफ्रिकाको निवेदनमा सुनुवाइ समाप्त
गाजामा इजरायलको सैन्य आक्रमण रोक्न दक्षिण अफ्रिकाको अनुरोधको सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो दुई दिने सुनुवाइ पूरा गरेको छ ।
वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : एकको मृत्यु, आठ घाइते
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार राती उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी शहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
टेक्सासमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो
टेक्सासको ह्युस्टन सहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् ।
विश्वमा साइबर अपराधको बिगबिगी
हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू बर्सेनि बढ्दै जाने बताउनुभएको छ ।”
संयुक्त राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी
बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ ।
भारतमा चट्याङले १२ को मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
भारतले तीन सातामा दोस्रो पटक तातो लहर (लू)को सामना गरिरहेको मुलुकको मौसम ब्युरोले चेतावनी दिएको छ । यसमा छ साताको निर्वाचनमा लाखौँ मानिसले मतदान गर्ने क्षेत्र पनि समावेश छन् ।
दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह
दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजरायललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको अल जजिराले बिहीबार रिपोर्ट गरेको छ ।
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबिचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबिच ‘सदाका लागि भाइचारा’ रहेको बताउनुभएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी
रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ ।