• १२ साउन २०८१, शनिबार

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु

blog

अफगानिस्तान, जेठ ५ गते । मध्यअफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ । जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।

सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार विदेशी नागरिक पनि घाइते भएको बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले सिन्ह्वालाई बताउनुभयो । 

विदेशी नागरिक बाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अन्य तीन अफगानी घाइते भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा बताउनुभएको छ ।

सो घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गर्नुभएको छ । रासस/सिन्ह्वा