• १२ साउन २०८१, शनिबार

गाजामा इजरायलको कारबाहीविरुद्ध दक्षिण अफ्रिकाको निवेदनमा सुनुवाइ समाप्त

blog

संयुक्त राष्ट्रसंघ, जेठ ५ गते । गाजामा इजरायलको सैन्य आक्रमण रोक्न दक्षिण अफ्रिकाको अनुरोधको सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो दुई दिने सुनुवाइ पूरा गरेको छ । गाजामा इजरायलको सैन्य कारबाही रोक्न आदेशका लागि दक्षिण अफ्रिकाले एक हप्ताअघि आईसीजेमा निवेदन दिएपछि सुनुवाइहरू बोलाइएको थियो ।

बिहीबारको सत्रमा, नेदरल्याण्ड्सका लागि दक्षिण अफ्रिकाका राजदूत वुसिमुजी मडोन्सेलाले इजरायललाई रफाहलगायत गाजामा आफ्नो सैन्य कारबाही बन्द गर्न र सम्पूर्ण गाजा पट्टीबाट आफ्ना सेना फिर्ता गर्न आदेश दिन अदालतलाई आग्रह गर्नुभयो ।

राजदूतले इजरायललाई संयुक्त राष्ट्र र मानवीय सहायताका लागि गाजामा निर्वाध पहुँच सुनिश्चित गर्न सबै प्रभावकारी उपायहरू लिन आग्रह गर्नुभयो । इजरायली वकिल तामार कपलान टुर्गेम्यानले इजरायलको आफ्नो रक्षा गर्ने अन्तरनिहित अधिकारलाई जोड दिनुभयो ।

दक्षिण अफ्रिकाको अनुरोध अस्वीकार गर्न अदालतलाई आग्रह गर्नुभयो । आईसीजेका अध्यक्ष नवाफ सलामले सुनुवाइको अन्त्य गर्दै अदालतले सार्वजनिक बैठकमा जति सक्दो चाँडो आफ्नो आदेश दिने बताउनुभयो ।

संयुक्त राष्ट्र संघ (यूएन) ले बिहीबार इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन (हमास) बिच चलिरहेको युद्धको बिचमा गाजापट्टीमा मानवीय सहायता वितरण लगभग असम्भव भएको बताएको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट हालसम्म प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३५ हजार नाघेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल