• १२ साउन २०८१, शनिबार

वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : एकको मृत्यु, आठ घाइते

blog

इजरायल, जेठ ५ गते । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार राती उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी शहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

जेनिन शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ ।

जेनिन सरकारी अस्पतालका निर्देशक वेसम बकरले मृतकको पहिचान इस्लाम खामासेह रहेको बताउनुभयो । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सैन्य शाखा अल–कुद्स ब्रिगेडले खामासेह आफ्नो सदस्य भएकाे पुष्टि गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल