तेहरान, जेठ ८ गते । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना भएको पुष्टि भएको छ ।
खराब मौसमका कारण राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानलगायत अन्य वरिष्ठ अधिकारीहरू बोकेको हेलिकोप्टर आइतबार पूर्वी अजरबैजानको उत्तरपश्चिमी प्रान्तमा अवतरण गर्न बाध्य भएको थियो ।
रायसी पेट्रोकेमिकल कम्प्लेक्सको उद्घाटनका लागि प्रान्तीय राजधानी ताब्रिजमा भण्डारण बाँधको उद्घाटन समारोहमा सहभागी हुन खोदा अफरिन काउन्टीबाट जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । हेलिकोप्टर पहाडको चुचुरोमा दुर्घटनाग्रस्त भएको देखिएको छ ।
राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भएपछि सोमबार भग्नावशेष भेटिएपछि उहाँको मृत्यु भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल