• ११ मंसिर २०८१, मङ्गलबार

मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट

blog

उलानबाटोर, वैशाख २१ गते । मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले शुक्रबार बताएको छ ।

गएको जाडो मौसम र यस वसन्त ऋतुमा गम्भीर चिसोका कारण मरेका सबै पशुधनमध्ये लगभग ८० प्रतिशतको शव नष्ट भएको छ । यस्तो खालको जाडोलाई ‘जुड’ भनिने नेमाले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘जुड’ एक मङ्गोलियाली शब्द हो । गम्भीर चिसोका कारण ठुलो सङ्ख्यामा पशुधन मर्दा यो शब्दको प्रयोग गरिन्छ । अत्यधिक चिसोमा जमिन जमेको वा हिउँले ढाकेको हुन्छ ।

यस देशका लगभग सबै प्रान्तले विगतको जाडोमा कठोर मौसमको अनुभव गरेका थिए । यहाँ देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकिएकाले सरकारलाई विपद् तयारी उच्च बनाउन प्रेरित गरेको थियो ।

पशुपालनको प्रवर्द्धनलाई जमिनले घेरिएको यस देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ ।

विश्वको अन्तिम जीवित खानी भएका देशहरूमध्ये एकका रूपमा रहेको मङ्गोलियामा सन् २०२३ को अन्त्यमा छ करोड ४७ लाख पशुधन रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । रासस/सिन्ह्वा