युक्रेन मेल डिपोमा रुसी हमलामा छ को मृत्यु
युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
ब्राजिलको अमेजनमा खडेरीले प्राचीन मानव आकृति
अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ ।
‘आतङ्कवादी परिसर’मा इजरायली सेनाद्वारा हवाई आक्रमण
इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र इजरायल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए
पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ।
गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु
गाजा सहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्यानडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो
क्यानडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ ।
युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ ।
गाजा चर्चमा भएको इजरायली आक्रमणमा थुप्रैको मृत्यु भएको छ : हमास
बिहीबार अबेर भएको इजरायली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ ।
इजरायली आक्रमणमा नेतृत्व गर्ने महिलाको मृत्यु
हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।