• १२ मंसिर २०८१, बुधबार

इजरायलका लागि जासुसी गरेको आरोपमा टर्कीद्वारा आठ जना पक्राउ

blog

टर्की, चैत २४ गते । टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठ जनालाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अलि येर्लिकायाले बताउनुभएको छ ।

दुई संदिग्धलाई हिरासतमा लिइएको र अन्य ६ जनाका लागि न्यायिक नियन्त्रण निर्णय गरिएको बताउनु भयो । संदिग्धहरूले इजरायली गुप्तचरहरूसँग बैठकहरू गरेका थिए ।

मोसादद्वारा लक्षित टर्कीमा व्यक्ति र कम्पनीहरूको बारेमा जानकारी सङ्कलन गरेका थिए । मन्त्रीका अनुसार टर्कीको राष्ट्रिय खुफिया संगठनसँग संयुक्त रूपमा छापा मारिएको थियो ।

प्रहरीले संदिग्धहरूलाई स्वास्थ्य जाँचका लागि राज्य अस्पताल र त्यसपछि इस्तानबुलको न्याय मन्त्रालयको भवनमा लगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल