• २० वैशाख २०८१, बिहिबार

एक करोड १० लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बिमाबाट लाभान्वित

blog

बेइजिङ, चैत २४ गते । सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार सहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।

चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चिकित्सा बिमा, प्रमुख रोग बिमा र चिकित्सा सहायतासहितको तीन तहको स्वास्थ्य सेवा सुरक्षा प्रणाली स्थापना गरेको छ ।

आधारभूत चिकित्सा बिमाद्वारा सेवा लाभ गरेका करिब एक अर्ब व्यक्तिहरू पनि प्रमुख रोग बिमाद्वारा लाभान्वित भई अतिरिक्त शुल्कबाट मुक्त भएका  छन् ।

हाल, कुनै निश्चित क्षेत्रमा प्रमुख रोग बिमाको लागि न्यूनतम भुक्तानी मापदण्ड अघिल्लो वर्ष स्थानीय बासिन्दाहरूको प्रतिव्यक्ति ‘डिस्पोजेबल आय’को ५० प्रतिशतभन्दा बढी हुनुहुँदैन र प्रतिपूर्ति दर उनीहरूको मेडिकल बिलको ६० प्रतिशतभन्दा कम हुनुहुँदैन । सबै करहरू भुक्तानी गरेपछि बाँकी आम्दानीलाई डिस्पोजेबल आय भनिन्छ ।

न्यूनतम निर्वाह भत्ता प्राप्त गर्ने, विशेष कठिनाइ भएका व्यक्तिहरू र गरिबीमा पर्ने वा फर्कने व्यक्तिहरूका लागि प्रतिपूर्ति दर ५ प्रतिशत बिन्दु बढी हुनुपर्दछ । रासस/सिन्ह्वा