• १२ साउन २०८१, शनिबार

इजरायलद्वारा दक्षिणी गाजाबाट सेना फिर्ता

blog

इजरायल, चैत २६ गते । इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ ।

गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्रहरू स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ ।

इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सेनाको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल