• २० वैशाख २०८१, बिहिबार

बाइडेन प्रशासनद्वारा आप्रवासीका लागि काम गर्ने अनुमति समय विस्तार गर्ने घोषणा

blog

वासिङ्टन डिसी, चैत २३ गते । हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ । यसले काम गर्ने अनुमतिको लागि मुख्य रुपमा आप्रवासीहरूको योग्यताका आधारमा वर्गीकरण गरी सुव्यवस्थित गर्ने आधार तय गरेको छ ।  

टीएफआरले निश्चित रोजगार प्राधिकरण कागजात (इएडिएस) का लागि स्वचालित १८० दिनको अवधिलाई ५४० दिनसम्मका लागि विस्तार गरेको छ । यो नियमले अघिल्लो १२ महिनाको कर्मचारीको कागजात प्रमाणीकरण (इएडिएस)का लागि छोटो पारिएको समयसमेतलाई  सम्बोधन गर्छ ।

बिहीबार घोषणा गरिएको अस्थायी उपायले पहिले नै कार्यकारी तथा गैर–नागरिकहरूको  रोजगार प्राधिकरण र कागजात समाप्त हुनबाट रोक्नेछ । अमेरिकी नागरिकता र अध्यागमन सेवाले उनीहरूको विचाराधीन कागजात प्रमाणिकरण नवीकरण आवेदनहरूको निर्णय गर्न पर्खिरहेका छन् ।

यसै सम्बन्धमा अमेरिकी रोजगारदाताहरूका लागि भने सञ्चालनको निरन्तरता सुनिश्चित छ । अर्थतन्त्रलाई समर्थन गर्दै कार्यबलमा कार्यरत व्यक्तिहरूलाई सुविधा प्रदान गर्ने बाइडेन प्रशासनको पछिल्लो कदम हो ।

दक्षिण एसियाली आप्रवासीहरूलाई लाभान्वित गर्ने यो ऐतिहासिक घोषणाले ह्वाइट हाउस एसियाली अमेरिकी र हवाइ प्यासिफिक आइल्यान्ड (एएएनएचपीआई) कमिसनमा राष्ट्रपति बाइडेनका सल्लाहकार अजय भुटोरियाले गरेको सिफारिसलाई अनुसरण गरेको देखिन्छ । भुटोरियाको प्रयासले आप्रवासन सुधार र ग्रिन कार्ड पर्खाइलाई घटाउने लक्ष्य राखेको छ । यसबाट दश लाखभन्दा बढी दक्षिण एसियालीहरू लाभान्वित भएका छन् ।

ह्वाइट हाउस एएएनएचपीआई आयोगलाई उहाँको अघिल्लो सिफारिसहरूले संयुक्त राज्य अमेरिकाभित्र अस्थायी भिसाका लागि आन्तरिक नवीकरण गर्न प्रमुख परियोजना सुरु गर्न नेतृत्व गरेको हो ।

युएससीआईएसको घोषणा आप्रवासी समुदायलाई प्रभाव पार्ने नीतिहरूलाई आकार दिन सामुदायिक वकालत र सहयोगी प्रयासहरूको प्रभावको प्रमाण हो ।

गत वर्ष, युएससीआईएस कार्यबलले योग्य व्यक्तिहरूमा कामको पहुँच सुधार गर्ने समग्र लक्ष्यलाई समर्थन गर्दै धेरैजसो रोजगार प्राधिकरण कागजात भएको समूहका लागि भिषा समय घटाएको छ । यद्यपि, नवीकरण संयन्त्रलाई असर गर्ने रोजगार प्राधिकरण आवेदनहरूको रेकर्ड सङ्ख्या पनि प्राप्त गरेको युएससीआईएसका निर्देशक उर एम जादोउले प्रेस विज्ञप्तिमाफत जानकारी दिनुभयो ।

विद्यमान अस्थायी स्वचालित विस्तारलाई ५४० दिनसम्म लम्ब्याउँदा रोजगार प्राधिकरणहरूमा त्रुटिहरूबाट बच्न सकिन्छ । यो घोषणाले सार्वजनिक टिप्पणीहरू मागेर दीर्घकालीन समाधानहरू विचार गर्न अतिरिक्त मार्ग प्रदान गर्दछ । यसैगरी रोजगार प्राधिकरणका लागि योग्य गैर–नागरिकहरूले लाभ कायम राख्न सक्छन् भन्ने सुनिश्चिततासहित नयाँ रणनीति पहिचान गर्दछ । जसमा शरणार्थीहरु स्थायी निवासका लागि आवेदन दिने विदेशी नागरिकहरू परिवर्तनका दुई मुख्य लाभग्राही वर्गहरु हुनेछन् ।

युएससीआईएसका प्रवक्ताका अनुसार नयाँ नियम लागु नभएमा आठ लाख आप्रवासी रोजगारी गुमाउने जोखिममा थिए ।

‘द हिल’का अनुसार बाइडेन प्रशासनले । सन् २०२३ अक्टोबर २७ सम्मका लागि २०२२ मा गरिएको प्रारम्भिक विस्तार समाप्त भएपछि यो दोस्रो पटकको लागि ५४०  दिनको म्याद थप गरेको घोषणा गरेको हो । नयाँ विस्तार २०२२ द्वारा सम्बोधन  गरिएका सबै प्रकारका आप्रवासी स्तरहरूमा लागू हुनेछ । रासस/एएनआई