• ११ मंसिर २०८१, मङ्गलबार

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’को महत्त्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने

blog

नयाँ दिल्ली, वैशाख ५ गते । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि अत्यावश्यक छ । उनीहरूको गृहकार्य, जागिर आवेदन, बैङ्किङदेखि सबै काम अनलाइन मञ्चमा सञ्चालन हुने भएकोले ‘डिजिटल लिटेरेसी’ (विद्युतीय साक्षरता) विलासिता नभई आवश्यकता हो ।

सन् १९९० को दशकमा नसुनिएको स्मार्टफोन अहिले धेरैको हातमा देखिन्छ । हालका विद्यार्थीले गृहकार्य गर्दा कम्प्युटरको प्रयोग गर्न थालेका छन् । आजका विद्यार्थी प्रविधिसँग धेरै परिचित भएकोले गर्दा यसलाई ‘डिजिटल नेटिभ’ भन्न थालिएको छ ।

एक्काइऔं शताब्दीमा जन्मिएका युवा पुस्ताका लागि स्मार्टफोन, ट्याब्लेट र कम्प्युटर दैनिक जीवनको हिस्सा भएको छ ।  ‘एडोब एक्स प्रेस डिजाइन एप’ जस्तो निःशुल्क उपकरणले बालबालिकाका लागि प्रयोग गर्न पहिलेभन्दा सजिलो बनाएको छ ।

प्रविधिको प्रगतिले गर्दा र हाम्रो दैनिक जीवनको हरेक पक्षमा प्रविधिले विद्यार्थीमा विद्युतीय साक्षरता सीप विकास गर्न आवश्यक बनाएको छ ।

वास्तवमा विद्युतीय साक्षरता के हो र यो किन महत्त्वपूर्ण रहेका छ र यसलाई कक्षा कोठामा कसरी उपयोग गर्न सकिन्छ ?

यस लेखमा डिजिटल साक्षरता शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो भन्ने बारे जानकारी गराइएको छ ।

प्रविधि साक्षरता विद्यार्थीमा उत्प्रेरित गर्न महत्त्वपूर्ण सीप हो ?

(क) विद्यार्थीलाई भविष्यका लागि तयार गर्न

जसरी हामी प्राविधिक–केन्द्रित संसारमा परिवर्तन हुँदै गइरहेको छौँ यहाँ भविष्यको रोजगार बजारलाई प्रविधिका सीपमा राम्रोसँग जान्ने कार्यदल चाहिन्छ । हामीले डिजिटल साक्षरता र प्राविधिक प्रवीणतामा अतिरिक्त रकम (प्रिमियम लिने) गरिरहेको छौँ । भविष्यमा तीव्र अपेक्षा गरिएको हुनाले गर्दा विद्यार्थीलाई भोलि अगाडि बढाउनका लागि आवश्यक ज्ञानको साथ सुसज्जित गर्नु महत्त्वपूर्ण रहेको छ ।

(ख) सूचनामा पहुँच

डिजिटल साक्षरताले विद्यार्थीलाई प्रभावकारी रूपमा पहुँच, ज्ञान र दृष्टिकोणलाई फराकिलो बनाउन ,उपयोग गर्न सहयोग गर्दछ । विद्यार्थीले जानकारीका लागि आलोचनात्मक मूल्याङ्कन गर्न र विश्वसनीय र अविश्वसनीय स्रोत बिचको भिन्नता गर्न सक्षम भएका छन् । गलत जानकारी दिने विश्वमा यो एक सीप भएकोले गर्दा राम्रो रहेका छ ।

(ग) सूचना साक्षरता सिकाउन

डिजिटल साक्षरताले अनलाइन उपलब्ध जानकारीको दिन र  विद्यार्थीले प्रभावकारी रूपमा पहुँच, ज्ञान र दृष्टिकोणलाई फराकिलो बनाउन सहयोग गर्छ । गहिरो नक्कलीदेखि व्यङ्ग्यात्मक सामग्रीको बिचमा सबै कुरा सुरक्षित रहेको भन्न सकिन्न । यसले गर्दा विद्यार्थीलाई भरपर्दो जानकारी के हो र के होइन भनेर छुटाउन निकै चुनौतीपूर्ण बनाउन सक्छ । यसलाई ध्यानमा राखेर कक्षाकोठामा सूचना साक्षरता सिकाउनमा ध्यान केन्द्रित गर्नुपर्छ । विद्यार्थीलाई जानकारीको विश्वसनीयताको मूल्याङ्कन गर्न आवश्यक पर्ने सीप प्रदान गरेर गलत जानकारी बिचको भिन्नता छुटाउन अझ राम्रोसँग सुसज्जित गर्न सहयोग हुनेछ ।

(ध) डिजिटल जिम्मेवारीमा ध्यान दिन

अहिले सबै व्यक्ति अनलाइनमा आफ्नो विचार व्यक्त गर्न स्वतन्त्र रहेका छन् । विद्यार्थीलाई प्रविधिको जिम्मेवारी र अनलाइन शिष्टाचारको बारेमा शिक्षा दिनुपर्छ । यसले गर्दा विद्यार्थीलाई अनलाइन व्यवहारको महत्त्व सिकाउनु महत्त्वपूर्ण रहेको छ । विद्यार्थीले कसरी सम्मानजनकरूपमा अनलाइन व्यवहार गर्ने कुरामा ध्यान दिनुपर्छ ।

(ड) सञ्चारमा कौशल सुधार

विद्यार्थीले विभिन्न डिजिटल परिदृश्यमा प्रभावकारी रूपमा आफ्ना विचार लेख्न आवश्यक रहेको छ । ब्लग पोष्ट, सामाजिक सञ्जालमा पोष्ट र इमेलबाट, डिजिटल साक्षरताले विद्यार्थीलाई अनलाइन क्षेत्रमा फस्टाउनका लागि आवश्यक पर्ने डिजिटल सञ्चार सीप गर्न सक्षम बनाउँछ ।

(ड) ग्लोबल कनेक्टिभिटी

डिजिटल युगको सबैभन्दा ठुलो फाइदा भनेको यसले कसरी मानिसलाई सीमापार जडान गर्न सक्षम बनाएको छ । यसको माध्यमबाट विश्वव्यापी स्तरमा सहकार्य र सिक्ने अवसर असीमित भएका छन् । डिजिटल साक्षरताले यस अन्तरसम्बन्धसित वातावरणमा प्रभावकारी सहभागितालाई सहज बनाएको छ ।

यसको एउटा उत्कृष्ट उदाहरण डिजिटल कलाले विश्वभरका मानिसलाई प्रभावमा लिन सक्ने देख्नु हो । होली पर्वको पोस्टर वा रक्षा बन्धन कार्ड जस्ता सांस्कृतिक कला उत्पादन गर्न डिजाइन प्रविधि प्रयोग गरेर, विश्वव्यापी दर्शकलाई सबै अनौठो उत्सव देखाउँछ । यस सन्दर्भमा, डिजिटल क्षेत्रहरूले एकीकरण र सांस्कृतिक संवर्द्धनका लागि वातावरण प्रदान गर्न सक्छ ।

हामीले त्यो कसरी गर्ने ? यहाँ हामीले हाम्रा कक्षाकोठामा डिजिटल साक्षरता बढाउन अवसर प्रदान गर्न सक्ने केही सजिलो तरिका रहेका छन् ।

(क) शिक्षणमा प्रविधि समावेश गर्न

कक्षाकोठामा डिजिटल साक्षरता प्रवर्द्धन गर्ने सबैभन्दा सरल तरिका भनेको आफ्नै शिक्षणमा प्रविधि समावेश गर्नु हो । उदाहरणको रूपमा भिडियो–आधारित पाठहरू हाल्ने, प्राविधिक उपकरण वा सफ्टवेयर प्रयोग गर्ने थप कार्य विकास गर्ने, वा आधुनिक प्रविधिसँग परिचित विद्यार्थीलाई पाठ योजनामा एकीकृत गर्न सकिने डिजिटल क्षेत्र यात्रा समावेश भएको छ ।

(ख) डिजिटल लेखन

डिजिटल लेखन र परम्परागत लेखनका लागि दुई अद्वितीय कौशल सेट हुने गरेको विद्यार्थीले बुझ्नुपर्ने कुरा हो । उदाहरणका लागि परम्परागत निबन्धको विपरीत, विद्यार्थीलाई डिजिटल लेखनमा लिङ्क र सन्दर्भ कसरी प्रयोग गर्ने भनेर सिकाइनुपर्छ । विद्यार्थीलाई सान्दर्भिक, आकस्मिक र मिडियाको प्रयोगको साथ डिजिटल सामग्रीलाई कसरी थप अनुकूलन गर्ने भनेर पनि सिकाइनुपर्छ ।

(ग) सूचना साक्षरता   

गलत जानकारीले गर्दा प्रयोगकर्ताका लागि इन्टरनेट ट्रेन्डिङको रूपमा रहेको हुन्छ । यसले गर्दा  विद्यार्थीलाई भरपर्दो जानकारी के हो र के होइन भनेर छुटाउन निकै चुनौतीपूर्ण बनाउन सक्छ । यसलाई ध्यानमा राखेर, कक्षाकोठाले सूचना साक्षरता सिकाउनमा ध्यान केन्द्रित गर्नुपर्छ । विद्यार्थीलाई जानकारीको विश्वसनीयताको मूल्याङ्कन गर्न आवश्यक पर्ने सीप प्रदान गरेर तथ्य र गलत जानकारी बिचको भिन्नता छुटाउन अझ राम्रोसँग सुसज्जित गर्नुपर्छ ।

(ध) डिजिटल जिम्मेवारीमा ध्यान  

अहिले सबै व्यक्ति अनलाइनमा आफ्नो विचार व्यक्त गर्न स्वतन्त्र रहेका छन् । विद्यार्थीलाई प्रविधिको जिम्मेवारी र अनलाइन शिष्टाचारको बारेमा शिक्षा दिनु महत्त्वपूर्ण रहेको छ । यसले गर्दा विद्यार्थीहरूलाई अनलाइन व्यवहारको महत्त्व सिकाउनु महत्त्वपूर्ण रहेको छ । विद्यार्थीले कसरी सम्मानजनक रूपमा अनलाइन व्यवहार गर्ने कुरामा ध्यान दिनुपर्छ ।

(ड) अनलाइन सुरक्षा र गोपनीयताबारे छलफल गर्न

हामी इन्टरनेट खतरनाक ठाउँ हुन सक्छ भन्ने तथ्यलाई कम गर्दैनौँ । यसैले विद्यार्थीसँग अनलाइन सुरक्षा र गोपनीयताको महत्त्वबारे छलफल गर्दा विद्यार्थीलाई डिजिटल ठाउँमा आफूलाई सुरक्षित राख्न सक्षम बनाउँछ । विद्यार्थीलाई साझा अनलाइन खतरा पहिचान गर्न र उनीहरूको व्यक्तिगत डेटा सुरक्षित राख्ने तरिका सिकाउनुपर्छ ।

डिजिटल साक्षरताले विद्यार्थीलाई हाम्रो डिजिटल युगमा फस्टाउनका लागि सशक्तीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । कक्षाकोठामा अत्यावश्यक सीपलाई प्रवर्द्धन र स्थापना गरेर शिक्षकले विद्यार्थीको एक पुस्तालाई पालनपोषण गर्न सक्षम हुने र विद्यार्थीलाई शैक्षिक र भविष्यको करियर दुवैमा फस्टाउन आवश्यक पर्ने सीपले सुसज्जित गरेका छन् । रासस/एएनआई