शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिप्रसाद कोइराला
उर्लाबारी, पुस २४ गते । अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
केही दिन यता तराईमा शीतलहर चलिरहेको छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय आउन जान समस्या हुने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकाले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालय बन्द गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जानकारी दिनु भयो ।
उहाँले अत्यन्तै कमजोर आर्थिक अवस्थाका बालबालिकालाई घरबाट विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गरिएको बताउनु भयो ।