• २० वैशाख २०८३, आइतबार

रुकुम पश्चिमबाट जनार्दन शर्मा एकल सिफारिस

blog

प्रलोपाबाट उम्मेदवार सिफारिस हुनुभएका जनार्दन शर्मा।

राजु लामिछाने

रुकुम पश्चिम, पुस २३ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुमपश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बुधबार मुसीकोट नगरपालिका १ मा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसी ‘सन्देश’ले जानकारी दिनुभयो।

२०६४ साल पछिका सबै निर्वाचनमा साविक माओवादीबाट लगातार जित्दै आउनुभएका शर्माले प्रलोपाको संरक्षक रहेर पार्टी गठन गर्नुभएको थियो।पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न दलले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेपछि शर्माले एकता प्रक्रियामा नगएर प्रलोपा गठन गर्नुभएको थियो।हाल उहाँ पार्टीको निर्वाचन परिचालन तथा वार्ता संवाद समितिको संयोजक समेत हुनुहुन्छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोपाल शर्माको नाम एकल रुपमा सिफारिस गरेको छ भने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले चन्द्रबहादुर बुढालाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ।त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दिपककुमार मल्ल, सौरेन्द्रबहादुर शाह र गोपाल खड्काको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।