• ११ मंसिर २०८१, मङ्गलबार

सिड्नीको सपिङ मलमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु

blog

काठमाडौं, वैशाख १ गते। सिड्नीस्थित एउटा सपिङ मलमा छुरा प्रहार हुँदा ६ जनाको ज्यान गएको छ। घटनामा अन्य दर्जनौ मानिस घाइते भएकाले अस्पताल पठाइएको बिबिसीको समाचारमा उल्लेख छ। 

एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको समाचारमा उल्लेख छ। उक्त आक्रमणको घटना लगत्तै भागाभाग भएको थियो। 

स्थानीय सञ्चारमाध्यमहरूले बोन्डाई जक्शनस्थित वेस्टफिल्ड मलमा गोली चलेको बताएका छन्। छुरा प्रहार भएपछि प्रहरीले कारबाही अगाडि बढाएको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘व्यक्ति हताहत भएको’ पुष्टि गर्नुभएको हो। त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका हुन्। बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ।

न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ। घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बिबिसीको सहयोगमा