• १३ साउन २०८१, आइतबार

इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, नौ बेपत्ता

blog

इन्डोनेसियामा गएको पहिरो । फाइल तस्बिर

जकार्ता, चैत १२ गते । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालिकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घण्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुःखद घटना भएको स्रोतले जनाएको छ ।

पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको बताउनु भएको छ । यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उहाँले बताउनुभयो । 

उहाँले दुर्घटनामा दर्जनौँ घर ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् । रासस/सिन्ह्वा