इण्डोनेसियामा विदेशी पर्यटकको आगमन दोब्बर
सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो ।
श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो
श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले बुधबार जनाएको छ ।
युद्धविराम वार्ताका लागि हमास प्रमुख कायरोमा
इजरायलले घेरामा हालेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना आक्रमणलाई जारी राखेकाले गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमासका नेता बिहीबार कायरो आइपुग्नुहुने अपेक्षा गरिएको थियो ।
इटालीको आर्थिक वृद्धिदर ०.७ प्रतिशत
२०२३ मा इटालीको अर्थतन्त्र वार्षिक रूपमा ०.७ प्रतिशतले बढेको इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले जनाएको छ । तथ्याङ्क निकायले इटालियन अर्थव्यवस्था अघिल्लो त्रैमासिकको तुलनामा २०२३ को अन्तिम त्रैमासिकमा ०.२ प्रतिशतले बढेको जनाएको छ ।
रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण
एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानमा चुनावी हिंसा : निर्वाचन आयोगद्वारा सुरक्षा बैठक आह्वान
मुलुक निर्वाचनमा जान एक साताअघि अलग–अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।
पाकिस्तानमा र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु
दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।
इरानसँग युद्ध चाहेका छैनौँः अमेरिका
अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।
इजरायली सेनाद्वारा जेनिनमा तीन प्यालेस्टाइनीको हत्या
इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।
अफगानिस्तानमा ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने
अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् ।
कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित
मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।
फ्रान्सको अर्थतन्त्र ०.९ प्रतिशत वृद्धि
फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता
पाकिस्तानी प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
भारतको विदेशी मुद्रा सञ्चिति घट्यो
भारतको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ ।
म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या
हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।
पूर्वी चीनको जियाङ्सी प्रान्तीय पूर्व वरिष्ठ विधायक घुसकाण्डमा दोषी ठहर
सर्वोच्च पिपुल्स प्रोक्युरेटरका अनुसार पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्व वरिष्ठ विधायक यिन मेगेनविद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ ।
अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्नुभएको छ ।
पाकिस्तानमा नातावाद मौलाउँदा सीमित महिलालाई लाभ, लक्षित समूह सुविधाबाट वञ्चित
पाकिस्तानको चुनावमा अदृश्य महिलाको सहभागिता एक सान्दर्भिक मुद्दा भएको छ । आरक्षण सिट मापदण्ड केवल औपचारिकतामा मात्र सिमित भई परिवारवादको आधारमा छुट्याइएको सोमबार द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।
रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी
आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ ।
ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते
अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले जानकारी गराएको छ ।
चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा दातृ राष्ट्रलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ ।