आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै, पुनः क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो ।
सडक दुर्घटनामा सत्र जनाको मृत्यु
बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी
अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे
दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ।
आईएस लुक्ने ठाउँमा छापा: थुप्रै मारिए
अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ ।
पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु
पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ ।
चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जानुहुँदै
चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
एल साल्भाडोर : एकै दिन दुई हजार जनालाई जेल चलान
एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी वाचा गर्नुभएको छ ।
उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण
उत्तर कोरियाले पुनः लामो दूरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना’
देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् ।
अफगानिस्तानको सैन्य सामर्थ्य एक लाख ५० हजार
अफगानिस्तानको सेनाको सङ्ख्या एक लाख पचास हजार पुगेको छ। स्थानीय टिभी च्यानल टोलोन्यूजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ।
चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने होन्डुरसको घोषणा
होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ ।
पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन
पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ ।
जापानका युट्युबर सांसद निष्कासित
जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका मङ्गलबार संसदबाटै निष्कासन गरिएको हो ।
चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध
एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् ।
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ। बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ।
चीनले विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हटायाे
चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि (बुधबार)देखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।
इरान र बेलारुसबीच सहयोग सम्झौता
इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दश विशेष समिति स्थापनाको निर्णयका साथ सीपीपीसीसीको बैठक सम्पन्न
देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ ।
युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर
विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् ।
उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।
नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन
नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।
अमेरिकासँग बन्दी साटासाटको सहमति भएको इरानको भनाइ
इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको साटासाटको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो ।