राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड
चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनुभएको छ ।
युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ बिलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ ।
गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ : जोर्डन
जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले इजरायलको सुरक्षा क्षेत्रमा मात्रै नभई विश्वकै सुरक्षालाई खतरामा पार्ने बताउनुभएको छ ।
सुडानमा शान्ति कायम हुने संयुक्त राष्ट्रसङ्घको विश्वास
सुडानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका राजदूत रामताने लामाम्राले सुडानमा शान्ति र स्थायित्व कायम हुने र द्वन्द्व अन्त्य हुने सम्भावनाबारे आशावादी रहेको बताउनुभएको छ ।
जाम्बियामा हैजाका कारण ३६२ जनाको मृत्यु
जाम्बियामा अक्टोबर यता हैजाका कारण तीन सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म नौ हजार १५५ जना सङ्क्रमित भएका छन् ।
गाजा युद्धका सय दिनः संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ ।
असंलग्न आन्दोलनको बैठक युगाण्डामा सुरु : प्यालेस्टाइन–इजरायल मुद्दा मुख्य एजेण्डा
असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा सुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमबार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।
जनवरीमा श्रीलङ्कामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी
श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् ।
सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।
युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौँ शरणार्थीलाई सहयोग गर्न चार अर्ब २० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।
भारतीय सेना दिवस : राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गर्नु भएको छ ।
गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु
हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।
भारतीय काङ्ग्रेसको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन इम्फाल वेस्टबाट सुरु
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट सुरु गरिएको छ ।
कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु
कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति अजाली असुमानी लगायत ६ जना उम्मेदवारहरू मध्येबाट राष्ट्रिय नेता चयन गर्न आइतबार राष्ट्रपति चुनावको पहिलो चरणको सुरुवात भएको हो ।
पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण
अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ ।
ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु
आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् ।
इजराइल–हमास युद्ध : सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध
एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।
बलुचिस्तानमा बम विस्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक
कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् ।
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु
इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।
चीनको कोइला खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् ।
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मिसनको हेलिकोप्टर सोमालियामा आपत्कालीन अवतरण
संयुक्त राष्ट्रसङ्घको हेलिकोप्टरलाई सोमालियामा आपत्कालीन अवतरण गराइएपछि अल–शबाब लडाकु समूहले नियन्त्रणमा लिएका बन्धकमध्ये चार जना युक्रेनी रहेको कीएभले शुक्रबार पुष्टि गरेको छ ।
युद्ध, रोग र भोकमरीको तेहेरो मारको सामना गर्दै गाजाबासी
गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् ।