• २४ असार २०८१, सोमबार

जाम्बियामा हैजाका कारण ३६२ जनाको मृत्यु

blog

काठमाडौं, माघ २ गते । जाम्बियामा अक्टोबर यता हैजाका कारण तीन सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म नौ हजार १५५ जना सङ्क्रमित भएका छन् । हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायको घोषणा गरेको छ ।

स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताउनुभयो । अन्य पहिलेका उपायहरूमा अस्वच्छ अवस्थामा खानाको व्यापारमा प्रतिबन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो ।

चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो । देशका १० मध्ये ६ प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ सङ्क्रमित र ११ जनाको मृत्यु भएको छ भने ३८८ जना डिस्चार्ज भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल