कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण
इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
पोल्याण्डका राष्ट्रपतिले पूर्वमन्त्रीलाई माफी दिने
पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ ।
हमासका कमाण्डरसहित २० जना लडाकू मारिएको इजरायली दाबी
। गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ ।
उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताउनुभएको छ ।
पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ : प्रधानमन्त्री
आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर– उलहक काकरले बिहीबार बताउनुभएको छ ।
अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि
अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ ।
चीन र रूसबीचको व्यापारमा वृद्धि
चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ ।
रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री
रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यसबारे जनाकारी गराएका छन् ।
टर्की प्रहरीद्वारा इस्लामिक स्टेटका ७० संदिग्ध पक्राउ
टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले छापा मार्ने क्रममा इस्लामिक स्टेट (आईएस) समूहका ७० संदिग्ध सदस्यलाई टर्की प्रहरीले पक्राउ गरेको बताउनुभएको छ ।
काबुलमा विस्फोटः दुई जनाको मृत्यु, १२ घाइते
अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताउनुभएको छ ।
अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर
टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ ।
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उहाँले बताउनुभयो ।
जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता
सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ ।
बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना नियुक्त
बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
ग्रीस सरकारद्वारा कोभिड–१९ विरूद्ध खोप लगाउन निर्देशन
ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।
कृषि उत्पादन निर्यातबाट कम्बोडियाले कमायो ४.३ बिलियन अमेरिकी डलर
कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ ।
राजनीतिक अधिकारका लागि आवाज उठाएको आरोपमा आठ सय महिला जेलमा
अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्युजले जनाएको छ ।
जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २०३ पुग्यो, ६८ बेपत्ता
जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
२०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण
विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
इक्वेडरको जेलबाट ३९ कैदी फरार
इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा सहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।
बङ्गलादेशका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन् ।
टर्की एयरलाइन्सका सबै बोइङ ग्राउन्ड
टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ । टिएचवाईले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउन्ड गर्ने निर्णय गरेको हो ।