काठमाडौँ, वैशाख ३१ गते । नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले सक्षम व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको विषय संसदभित्र संसद बाहिर, मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भयो । यो बिचमा हामी सबैले छलफल गरिरहेका छौं । देशलाई ग्रे लिष्टबाट मुक्त गर्नुपर्नेछ । देशको अर्थतन्त्र सवलीकरण गर्नुपर्ने छ । तर पनि गभर्नरको नियुक्ति नभएर समितिकै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ ।’’ उहाँले सरकारले गभर्नर नियुक्त गर्न नसक्नुका कारण जान्न आपूm इच्छुक रहेको बताउनुभयो ।