टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशतको हाराहारीमा
टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।
सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारागारमा बन्दी
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।
टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू, दुर्घटनाका कारण तीन सयभन्दा बढी उडान प्रभावित
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् ।
जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु
मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए ।
सन् २०२३ मा विश्व खेलकुद
विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।
जापानमा अवतरणका क्रममा आगो लागेको विमानमा सवार ३७९ यात्रुको उद्धार
टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
भारत पाकिस्तानसँग आतङ्कवादका विषयमा सम्झौता गर्न इच्छुक छैन : भारतीय विदेश मन्त्री
पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आतङ्कवादको अभ्यासलाई वैध मानिएका सर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको छ ।
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ ।
इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसङ्घीय अदालतमा उपस्थित हुने
इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दा दायर गरेको छ ।
अफगानिस्तानको निर्यात दुई अर्ब अमेरिकी डलर
सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब दुई अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो
जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
बङ्गलादेशको निर्वाचन सन्देश
सन् २०२४ भारत र अमेरिका लगायतका धेरै देशमा निर्वाचनको वर्ष हुँदै छ तर वर्षारम्भको पहिलो सातामै संसदीय चुनाव हुन लागेको सार्क क्षेत्रको देश हो– छिमेकको बङ्गलादेश । पौष २२ (७ जनवरी) लाई तय गरिएको निर्वाचनमा ११ करोड ९१ लाख मतदाताले भोट खसाल्न पाउने छन् । ३०० स्थानको एक सदनात्मक ‘जातीय संगसद्’ (व्यवस्थापिका) छ । मुलुकको जनसङ्ख्या १७ करोडको हाराहारीमा रहेको सरकारी आँकडा देखिन्छ । सन् १९७१ मा स्वतन्त्र बङ्गलादेश अस्तित्वमा आउँदा
होर्गोस बन्दरगाहबाट तीन लाखभन्दा बढी सवारी साधन निर्यात
चीनको सिनजियाङको होर्गोस बन्दरगाहले २०२३ मा तीन लाखभन्दा बढी सवारी साधन निर्यात गरेको छ ।
वर्षान्त २०२३ : रुस–युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन
रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गर्यो ।
टर्की प्रहरीद्वारा १८९ आईएस सन्दिग्ध पक्राउ
टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज–३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानको मध्यभागमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष
वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए ।
सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा
सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ वर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे ।
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष
अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।
भारतमा आगलागी हुँदा छ जनाको मृत्यु, नौ घाइते
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता
सन् २०१७ मा १०० जनाभन्दा धेरैको ज्यान लिने गरी पोर्चुगलमा फैलिएको उष्णलहर र डढेलोबाट प्रभावित बनेकी २४ वर्षीया क्लाउडिया डुआर्टे अगोस्टिन्होसहित उनका २० वर्षीय भाइ मार्टिम र ११ वर्षीया बहिनी मारियानासहित छ जनाले ३२ वटा देशका सरकारविरुद्ध मुद्दा हालेका थिए ।