• १९ असार २०८१, बुधबार

अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर

blog

काठमाडौं, पुस २७ गते । टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ ।

अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ । स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर ३०.०१ लीरामा कारोबार भएको थियो ।

टर्की मुद्राले गत वर्षदेखि आफ्नो मूल्यको ३७ प्रतिशतभन्दा बढी गुमाएको छ र २०२४ को पहिलो १० दिनमा डलरको तुलनामा १.६ प्रतिशतले अवमूल्यन भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल