• १९ असार २०८१, बुधबार

टर्की प्रहरीद्वारा इस्लामिक स्टेटका ७० संदिग्ध पक्राउ

blog

काठमाडौं, पुस २७ गते । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले छापा मार्ने क्रममा इस्लामिक स्टेट (आईएस) समूहका ७० संदिग्ध सदस्यलाई टर्की प्रहरीले पक्राउ गरेको बताउनुभएको छ । मन्त्रीले प्रहरीले छापामारीमा ठूलो मात्रामा पैसा, डिजिटल सामग्री र हवाला बैंकिङ कारोबारका रसिदहरू बरामद गरेको बताउनु भयो ।

टर्की सरकारले २०१३ मा आइएसलाई आतङ्कवादी सङ्गठन तोकेको थियो । सिरियासँगको टर्कीको दक्षिणी सीमाना सन् २०११ मा देशमा गृहयुद्ध सुरु भएदेखि सिरियाली र विदेशी लडाकुहरूका लागि प्रमुख क्रसिङ प्वाइन्ट भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल