• १९ असार २०८१, बुधबार

काबुलमा विस्फोटः दुई जनाको मृत्यु, १२ घाइते

blog

काठमाडौं, पुस २७ गते । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताउनुभएको छ ।

आतङ्कवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । दशत–ए–बर्ची इलाकामा यो दोस्रो आतङ्ककारी हमला हो ।

यसअघि शनिबार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । शनिबारको मिनी बसमा भएको हमलाको जिम्मेवारी प्रतिद्वन्द्वी दाएस वा इस्लामिक स्टेट सङ्गठनले लिएको छ तर अन्य दुई विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल