• १२ मंसिर २०८१, बुधबार

२०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण

blog

कोलम्बो, पुस २५ गते । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका अनुसार सन् २०२३ मा  श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ ।

श्रीलङ्काको उत्पादनमा आर्थिक वर्ष २०२२/०२३ मा केही घटेको अनुमान गरिएको भए तापनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैङ्कले जनाएको छ ।

यद्यपि बैङ्कले विशेष गरी निजी ऋणदाताहरूसँगको बीचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलङ्काको दृष्टिकोण अनिश्चित रहेको बताएको छ ।

बैङ्कले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५.७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । रासस/सिन्ह्वा