• २४ असार २०८१, सोमबार

सुडानमा शान्ति कायम हुने संयुक्त राष्ट्रसङ्घको विश्वास

blog

काठमाडौं, माघ २ गते । सुडानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका राजदूत रामताने लामाम्राले सुडानमा शान्ति र स्थायित्व कायम हुने र द्वन्द्व अन्त्य हुने सम्भावनाबारे आशावादी रहेको बताउनुभएको छ ।

सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानसँग पोर्ट सुडानमा भएको भेटमा लामाम्राले उक्त टिप्पणी गर्नुभएको हो ।

अल–बुर्हानले संयुक्त राष्ट्रका राजदूतलाई शान्तिपूर्ण समाधान खोज्ने प्रयासबारे जानकारी गराए, सुडान सरकारको लोकतान्त्रिक रूपान्तरणप्रति प्रतिबद्धता र आम चुनावबाट समाप्त हुने सङ्क्रमणकालीन अवधिमा जोड दिनुभएको पनि दूत लामाम्राले बताउनुभयो ।

सुडानमा अप्रिल १५, २०२३ देखि एसएएफ र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सहरूबीच घातक झडपहरू हुँदै आएका छन् । द्वन्द्व सुरु भएदेखि सुडानभित्र र बाहिर ७.३ मिलियनभन्दा बढी मानिस विस्थापित भएका छन् । द्वन्द्वमा १२ हजारभन्दा बढी मानिस मारिएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल