चार्ल्स मिशेलले इयु चुनावमा भाग नलिने
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ । नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउनुहुँदै उहाँले चुनावी दौडबाट बाहिरिनुभएको हो ।
भेनेजुएलाविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी तयारी
भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ।
यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।
अन्तर्राष्ट्रिय अदालतद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आदेश
हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायललाई गाजा पट्टीमा प्यालेस्टाइनीहरू विरुद्ध हुने नरसंहारलाई रोक्न आदेश दिएको छ ।
टर्की र बेलायती विदेशमन्त्रीबिच गाजा द्वन्द्व, द्विपक्षीय सम्बन्धबारे छलफल
टर्कीका विदेशमन्त्री हाकान फिदान र उहाँका बेलायती समकक्षी डेभिड क्यामरुनले इस्तानबुलमा गाजा द्वन्द्व र द्विपक्षीय मुद्दाहरूबारे छलफल गर्नुभएको छ ।
इरानको अस्पतालमा भीषण आगलागी
इरानको राजधानी तेहरानमा रहेको गान्धी अस्पतालमा भीषण आगलागी भएको छ । घटनामा अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ ।
निर्वाचन प्रचारका क्रममा छाँयामा पाकिस्तानका पूर्व प्रधानमन्त्री खान
क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुखर्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय हुनुहुन्छ ।
पुनः जिम्मेवारी सम्हाल्दै पाकिस्तानी राजदूत इरानमा
इरानका लागि पाकिस्तानका राजदूत मोहम्मद टिपू आफ्नो कूटनीतिक कार्यभार सम्हाल्न इस्लामाबादबाट इरानको राजधानी पुग्नुभएको छ ।
जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति
जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।
सन् २०२४ पछि युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने
युक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।
जापानमा डुङ्गा दुर्घटना हुँदा १० जना घाइते
बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भूक्षय रोक्न बनाइएको वालमा ठोक्किँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो
भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गर्नुभयो ।
रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला
युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् । शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।
चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबिच थाइल्याण्डमा भेटवार्ता हुने
चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबिच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुनेभएको छ ।
जापानमा मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल
जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।
ऐतिहासिक चन्द्र नहर पुनःनिर्माण हुने
देशकै पुरानो सप्तरीस्थित चन्द्र नहरको पुनः निर्माण हुने भएको छ । मर्मत अभावले जीर्ण बनेको नहरलाई जापान सरकारले दुई अरव लगानी गरेर पुनःनिर्माण गर्ने भएको हो । चन्द्र नहर सिचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवका अनुसार जापान सरकार निर्माण ठेक्का लिएको बताउनुभयो ।
भ्रूण स्थानान्तरणबाट सेतो गैँडा गर्भवती
एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् ।
जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन, क्रूर बनाइएकोमा आलोचना
जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ ।
बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमा
बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिवद्धता अनुसार अघि बढिरहेको उहाँले बताउनु भयो ।
अर्जेन्टिनामा सरकारी मितव्ययिता उपायविरुद्ध आम हड्ताल सुरु
अर्जेन्टिनाका प्रमुख श्रमिक सङ्घ, सामाजिक सङ्गठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रस्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हड्ताल सुरु गरेका छन् ।
इस्तानबुल एकल यात्रीका लागि लोकप्रिय गन्तव्य
इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो । हालैको सर्वेक्षणले एक्लो यात्रुहरूका लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यमध्ये एक रहेको बताएको छ ।
चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा
चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ ।
चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु
पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइ सकिएको थियाे । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।
रुसी सेनाको विरोध गर्नेको सम्पत्ति जफत हुने
रुसी सेनाको आलोचना फैलाएको अभियोगमा दोषी ठहरिएका कुनै पनि व्यक्तिको धन, सम्पत्ति र मूल्यवान सामान जफत गर्न अधिकारीहरूलाई अनुमति दिने एक विधेयकलाई बुधबार रुसी सांसदहरूले अनुमोदन गरेका छन् ।