• १२ वैशाख २०८१, बुधबार

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

blog

ओटावा, चैत १८ गते । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सिमानाको जलक्षेत्रबाट थप दुई वटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छ वटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू  रहेको बताइएको छ । रासस/सिन्ह्वा