दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु
भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जोर्डन र युएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह
जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजा पट्टीमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।
इजरायलले गर्यो उत्तरी गाजामा फेरि आक्रमण
युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ ।
विवाहमा आएका ३५ महिला बेपत्ता
उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो
बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले बढी हो ।
माल्दिभ्सले २०२४ मा २० लाख पर्यटक भित्र्याउने
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ ।
सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ
दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबिच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २७ हजार ३६५ पुग्यो
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।
इजरायल–हमास युद्ध अन्त्य गर्न अमेरिकी विदेशमन्त्री मध्यपूर्व प्रस्थान
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गर्नुभएको छ ।
पाकिस्तानको प्रहरी चौकी आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु
उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।
लेबनान–इजरायल सीमामा भिडन्तः दुई जनाको मृत्यु, दुई घाइते
दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् ।
इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ ।
नामिबियाका राष्ट्रपति जी गिन्गोबकाे निधन
नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उहाँ क्यन्सर पीडित हुनुहुन्थ्यो ।
अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण
जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
एक लाखभन्दा बढी गाजावासी हताहत : डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ ।
सिड्नीबाट एक करोड ४७ लाख अमेरिकी डलर बराबरको कोकिन बरामद
अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रमा दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ ।
मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार
मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ ।
चिलीको जङ्गलमा लागेको डढेलोमा परी १० जनाको मृत्यु
चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि शुक्रबार उक्त क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
अस्ट्रेलियाको मुद्रास्फीति दुई वर्षकै न्यून
अस्ट्रेलियाको मुद्रास्फीति दर २०२३ को अन्त्यमा दुई वर्षयताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
इजरायली सेनाद्वारा गाजा कारबाहीका क्रममा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा
प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ ।
चीनद्वारा रिपोर्टिङका लागि पत्रकारलाई आमन्त्रण
चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई मार्चमा हुने आफ्नो वार्षिक अधिवेशनको रिपोर्टिङका लागि आमन्त्रण गर्ने भएको छ ।
युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युतविहीन
युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि दशौँ हजार मानिस विद्युतविहीन भएको शुक्रबार जनाएको छ ।
इजरायली सेना उत्तरी गाजाबाट फिर्ता
इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो ।