• १३ साउन २०८१, आइतबार

दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु

blog

नयाँ दिल्ली, माघ २३ गते । भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यो एक प्रकारको  भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो । रासस/सिन्ह्वा