• ११ मंसिर २०८१, मङ्गलबार

मध्यअमेरिकामा आँधीका कारण तीनको मृत्यु, कैयौँ घाइते

blog

वाशिङ्टन, चैत १८ गते । मध्यअमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् । अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् ।

पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तीमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

यसबाहेक व्याने सहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् ।

तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तीमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो । रासस/एएनआई