• १६ चैत २०८०, शुक्रबार

सडक दुर्घटनामा सत्र जनाको मृत्यु

blog

ढाका, चैत ५  गते । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । 

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीवाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिमा हुइँकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेकाे छ । 

थोत्रा सवारी साधन,  नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत सडक दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो ।  राससर /एएफपी