• १२ मंसिर २०८१, बुधबार

इजरायली सेनाद्वारा जेनिनमा तीन प्यालेस्टाइनीको हत्या

blog

इजरायल, माघ १७ गते । इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।

जेनिनका कार्यवाहक गभर्नर कमल अबु अल–रुबले नागरिक पोशाकमा इजरायली विशेष बलहरू शहरको इब्न सिना अस्पतालमा प्रवेश गरी तीन युवाको हत्या गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सेनाले इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को एक सशस्त्र बलहरु लुकेको ठाउँमा अभियान चलाएको बताउनुभयो । उनीहरु जेनिन शहरको इब्न सिना अस्पतालभित्र लुकेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल