सबैभन्दा धेरै दुर्घटना दुईपाङ्ग्रेको
काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ । तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ । ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै परेका छन् । मोटरसाइकलपछि कार, भ्यान र जिप बढी दुर्घटनामा पर्ने गरेका छन् ।
उच्च जोखिममा विमानस्थल र बस्ती
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ ।
दरखास्त नै पर्दैन विज्ञापनमा
आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेनन् । आन्तरिक र समावेशी गरी ४६ वटा ती पदमा दरखास्त नपरेका हुन् ।
फोहोर व्यवस्थापनमा सुधार
काठमाडौँ उपत्यकाको सरसफाइको अवस्था अहिले चुस्त छ । सामान्यतः आर्थिक वर्ष समाप्त हुने र नयाँ आव लाग्ने सङक्रमणको समयमा उपत्यकामा हुने फोहोरको सकस यस पटक बेहोर्नु परेन । विगतमा हरेक वर्ष जसो असार र साउनमा विभिन्न माग राखी काठमाडौँको फोहोर व्यवस्थापन अवरोध हुन्थ्यो । एक/एक महिनासम्म फोहोर नउठेर काठमाडौँको चोक र गल्ली दुर्गन्धित बन्थे । फोहोर व्यवस्थापनको अवरोध हटाउन सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबिच पटक पटक वार्ता र संवाद हुन्थ्यो ।
निर्यातले जित्यो विद्युत् आयातलाई
नेपालले भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको हो ।
वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण
नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २
सिंहदरबार धाउँदै जनप्रतिनिधि
हरेक नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै सिंहदरबारमा बेग्लै चहलपहल हुने गर्छ । सिंहदरबारमा हुने यो चहलपहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूको हो ।
विमान दुर्घटना : केही काम गरेन अभ्यास उद्धारले
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए छिटोभन्दा छिटो कसरी उद्धार गर्ने भन्नेबारे अभ्यास भएको ढेढ महिना पनि भएको छैन । गत जेठ २८ गते (४० दिनअघि) कौशल आपत्कालीन अभ्यास (फुल स्केल इमर्जेन्सी एक्सरसाइज) अभ्यास सम्पन्न भएको थियो ।
उद्योगमा विद्युत् आपूर्ति सुचारु
बक्यौता भुक्तानी नगरेका कारण उद्योगहरूको काटिएको लाइन पुनः जोडिएको छ । मङ्गलबार राति नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका ती उद्योगमा पुनः जोडिदिएको हो ।
पोतेले रङ्गिएको बजार (फोटो फिचर)
साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोतेलगायतका शृङ्गारका सामग्री लगाउने परम्परा छ । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी, चुरा र पोते हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
तलब समायोजनको गृहकार्य
नयाँ सरकार गठन भएसँगै सरकारले निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न आन्तरिक गृहकार्य थालेको छ । सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीको तलब मिलान गरी तलब वृद्धि गर्नका लागि आन्तरिक गृहकार्य गरेको हो ।
नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै
नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बन्न
विश्वभरि सूचना प्रविधि प्रणालीमा समस्या
अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार
खण्डहर बने गाउँका ‘दरबार’
दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगा
सङ्गीत सुनेर पग्रिन्छन् गाई
संस्कृतमा एउटा श्लोक छ– साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः । तृणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।।
किनार छाड्न चाहन्छन् सुकुम्बासी
विसं २०५० भन्दा अगाडिदेखि काठमाडौँ र ललितपुरस्थित बागमती नदीसहित अन्य खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी नागरिकले सर्वोच्च अदालतबाट स्थानान्तरणसम्बन्धी फैसला आएपछि राहतको अनुभूति गरेका छन् ।
दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि
दोस्रो जनआन्दोलन (२०६२/६३) देखि करिब अनियमित जस्तै बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउने कोसिस विश्वविद्यालयले गरेको छ ।
प्रधानमन्त्री नियुक्ति आज : साना दलको पनि समर्थन
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आइतबारदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका दुई दलको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि नयाँ चरणको सत्ता यात्रा प्रारम्भ हुने छ ।
भद्रकाली मन्दिर पुनर्निर्माण सुरु
भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक र सांस्कृतिक महत्त्वको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बिहीबार शिलान्यास गरे
देशव्यापी अधिक वर्षाको सम्भावना
नेपालमा अबको केही दिन दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसुन अधिक सक्रिय रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै पूर्वबाट भित्रिएको मनसुनी
मेलम्चीको पानी बाह्रै महिना ल्याउने उपाय सुझाउन निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समितिसमक्ष पेस गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
सातौँ पटक थपियो धरहरा बनाउने म्याद
काठमाडौँको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि सातौँ पटक म्याद थप गरिएको छ । सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ । यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो ।
युद्ध इतिहास अब सङ्ग्रहालयमा
दसबर्से सशस्त्र द्वन्द्वका घटनाले मानव मनमा लगाएका युद्धका घाउ सङ्व्रmमणकालीन न्यायमार्फत पुरिन सकेका छैनन् तर युद्धस्थल भने रूपान्तरण हुन थालेका छन् । तिनका रूपान्तरण र संरक्षणमा कर्णाली प्रदेश सरकार जुटेको छ ।
प्रभावकारी बन्दै पूर्वसूचना प्रणाली
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशव्यापी वर्षाको अनुमान गर्दै मौसमी पूर्वसूचना प्रवाह ग¥यो । गत बिहीबार प्रवाह गरेको त्यस्तै सूचनाका आधारमा गृह मन्त्रालय र