दस वर्षमा तीन सय पटक सडक अवरुद्ध
नेपालकै नमुना र व्यवस्थित सडक परियोजनाको मानिएको बिपी राजमार्गको मङ्गलटार सडकखण्ड गेग्य्रानसहितको लेदो बाढीको समस्यामा छ । १० वर्षमा एकै ठाउँमा आउने त्यस्तो बाढीले १० वर्षमा तीन सय पटक सडक अवरोध भएको छ तर त्यस्ता अरू ठाउँ पनि छन् ।
बाढी पहिरोबाट नौ जनाको मृत्यु
राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यो व्रmम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कसरी ?
अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । रोगको निदान, स्वास्थ्य समस्याको रोकथाम तथा स्वास्थ्यसम्बन्धी सङ्क्रमण न्यूनीकरणमा आधुनिक स्वास्थ्य विज्ञानले ठुलै योगदान पु¥याए पनि चिकित्सासम्बन्धी क्रियाकलापबाट उत्सर्जन हुने फोहोरले स्वास्थ्यसम्बन्धी जोखिम पनि ठुलै मात्रामा बढाएको हुन्छ । त्यही भएर सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई सुरक्षित र भरपर्दो विधिबाट व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको महìवपूर्ण जिम्मेवारी हो ।
नारायणगढ–बुटवल सडक : काम छाडेर म्याद थप्न दौडधुप
जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए ।
मनसुन सुरु भएयता ५७ जनाको मृत्यु
मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो । त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ ।
एआई प्रयोगको अवधारणापत्र तयार
नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ । अवधारणाकै अभावमा नीति र कानुन पनि बन्न समस्या भएको सन्दर्भमा ती सबैको आधार तय गर्न सरकारले पहिलो पटक यससम्बन्धी अवधारणापत्र तयार गरेको हो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणा नै नभएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवधारणापत्र तयार पारेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको समितिले अवधारणापत्रको प्रतिवेदन बुधबार प्रस्तुत गरेको हो । मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठित समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा. बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इन्जिनियर सूर्यप्रकाश उपाध्याय रहनुभएको थियो । पाँच महिनाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा एआईको विकास, प्रयो
निर्माणपूर्वका सकस सल्ट्याइँदै
बर्सौंदेखि सरकारले प्राथमिकतामा राखेको बताइने तर खासै प्रगति भने हासिल हुन नसकेको जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना निर्माणपूर्वकै तयारीको सकसबाट बाहिर आउन सकेको छैन । आठ वर्षपहिले विस्तृत आयोजना प्रतिवेदन निर्माण थालिएको ६७० मेगावाटको जलाशययुक्त आयोजना अब भने निर्माणमै प्रवेश गराउने ध्येयसहित काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
चोरी सिकारका कारण मासिँदै डाँफे
नौरङ्गी डाँफे नेपालको राष्ट्रिय पन्छी हो तर पछिल्लो समय अत्यधिक सिकारका कारण डाँफे सङ्कटमा परेको छ । डाँफेलाई नेपालको राष्ट्रिय पन्छीका रूपमा विसं २०१९ को संविधानमा पहिलो पटक उल्लेख गरिएको हो । नेपालको संविधान २०१९ को धारा ६ (२) मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पन्छी डाँफे भनेर उल्लेख गरिएको थियो । राष्ट्रिय चिह्नहरू छनोट गर्ने सिलसिला भने संविधान निर्माण गर्नुअघि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेसँगै नयाँ संविधान बनाउँदा नेपालको राष्ट्रिय फूल, जनावर, रङ र राष्ट्रिय पन्छी तोक्न बालकृष्ण समलाई संयोजक तोकिएको थियो ।
खोलामाथि बसेको बस्ती : मुहानतिर पुरिँदै तलतिर व्यवस्थित
दीर्घकालीन योजना, सङ्घीय सरकार र स्थानीय तहको समन्वय नहुँदा र भूमाफियाको रजगजका कारण यज्ञमती खोला पुरिँदै छ । काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोतमध्ये चखुँचाखोला खुला आकाशमुनि बग्दै गर्दा यज्ञमती नामेट पार्न ढलमा रूपान्तरण गरिएको हो ।
ग्रेडवृद्धि परीक्षा : कक्षा ११ को पढाइ प्रभावित हुने
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ‘ननग्रेडेड (एनजी)’ आएका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णयले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेको थियो । हाल कार्यान्वयनमा रहेको अक्षराङ्क (लेटर ग्रेडिङ) निर्देशिकाले भने अधिकतम दुई विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षाको मौका दिने उल्लेख छ ।
टक्सिला अर्थात् त्यो तक्षशिला
प्राच्यविद्या अध्ययनको विद्यार्थीका नाताले ‘नेपाल विद्या’ को विधा निर्माण सिद्धान्त तय गर्दा मेरो मनमा प्राचीनतम शिक्षा र सभ्यता अध्ययनको हुटहुटी जागेको थियो । सामग्री खोजीकै क्रममा नाम चलेका केही आधुनिक विश्वविद्यालय र अध्ययन केन्द्रका सामग्री त अध्ययन गर्ने अवसर जुरेको थियो तर प्राच्य अध्ययन परम्पराको केन्द्र रहेका तक्षशिला र नालन्दाको शिक्षा र सभ्यता परम्परा भने नेपाल विद्याको विधा निर्माणको सिद्धान्त खण्डमा समेट्न सकेको थिइनँ ।
कुपोषणमुक्त भएन मुक्तिकोट
बाजुरा जिल्लाको दुर्गम क्षेत्र स्वामीकार्तिक गाउँपालिका मुक्तिकोटले कुपोषणबाट अझै मुक्ति पाउन सकेको छैन । कुपोषणग्रस्त गाउँका रूपमा परिचित मुक्तिकोटमा कुपोषणले नछोएका बालबालिका विरलै भेटिन्छन् । केही दिनअघि मात्र स्वामीकार्तिक–१ र २ वडा रहेको मुक्तिकोट गाउँमा दुई जना बालबालिकाको मृत्यु भएको छ । लामो समयदेखि कुपोषणबाट ग्रसित हुँदै आएका बालबालिकाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले बताउनुभयो । उहाँका अनुसार कुपोषणले थलिएकी दुमली विककी १७ महिने छोरी जमुना विकको र रूपसरा न्यौपानेकी १
सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय
संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको तीन दलका नेताको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका अन्य नेता हुनुहुन्थ्यो ।
शिक्षण प्रणालीमै सुधारको खाँचो
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ तर तीमध्ये एक वा दुई विषयसम्म एनजी ल्याएका परीक्षार्थीलाई बोर्डले ग्रेडवृद्धि परीक्षाको मौका दिने छ ।
हदबन्दीको जग्गामा पतञ्जलीको रजाइँ
गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता भएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा पाएको ८१५ रोपनी जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । विसं २०६६ माघ १८ गतेको मन्त्रीपरिषद्को विधायन समितिको सिफारिसमा सरकारले काभ्रेपलाञ्चोक चलाल गणेश तथा श्रीखण्डपुर (साबिक गाविस) मा रहेको ८१५ रोपनी जग्गा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा खरिद गर्न दिने निर्णय गरेको थियो ।
३३ सय केजी सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पु¥याएको छ । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो । यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
छ करोडको अभावमा ५० हजार मानिस जोखिममा
छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा रहेका हुन् । राप्ती सोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध एक वर्षअघि बाढीले बगाएको थियो । त्यसको पुनर्निर्माणका लागि माग गरिएको छ करोड रुपियाँको बजेट नपाई पुनर्निर्माण नहुँदा त्रास बढेको हो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अन्तिम चरणको काम सुरु
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।
नेपाल चिनाउने भ्यागुता
नेपालको पहिचान दिने धेरै कुरा छन् । गौतम बुद्ध, सगरमाथा र अन्य अग्ला हिमालहरू, हिमाल आरोहण र आरोहीहरू । उचाइसँग सम्बन्धित धेरै चिज छन् । जस्तै– सर्वाधिक उचाइमा रहेको गुम्बा, मानव बस्ती, धान फल्ने स्थान, ताल, राष्ट्रिय निकुञ्ज, उपत्यका, चिसो मरुभूमि आदिको नाम लिँदा नेपालको नाम लिनै पर्छ । यिनीहरूले नेपाललाई चिनाएका छन् । जैविक विविधतामा धनी मानिएको नेपालमा थुप्रै पहिचानवादी वनस्पति र जनावर छन् । नेपालका वनस्पति भन्ने पुस्तकमा उल्लेख गरिए अनुसार यहाँ ३२४ प्रजातिका वनस्पति छन्; जो नेपालबाहिर पाइँदैनन् । यिनको नाम लिएर ठेगाना खोजी गर्दा नेपाल नाम आइहाल्छ । जनावरको कुरा गर्दा तीन प्रजातिका स्तनधारी, एक प्रजातिको चरा, १० प्रजातिका सरिसृप
खानेपानी व्यवस्थापनमा चुनौती : माग बढ्दो, लगानी घट्दो
भूमण्डलीय उष्मीकरण (ग्लोबल वार्मिङ) का कारण प्राकृतिक स्रोतहरू सुकेर पानीको समस्या बढ्दै गए पनि खानेपानी क्षेत्रमा सरकारको लगानी घट्दै गएको छ । खानेपानीको माग बढ्दै गएको अवस्थामा यस क्षेत्रमा बजेट वृद्धि हुनुको सट्टा घट्दै जाँदा खानेपानी व्यवस्थापनमा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था बन्दै गएको छ । हरेक वर्ष बजेटको आकार वृद्धि हुँदै गए पनि विगत पाँच वर्षदेखि खानेपानी क्षेत्रको बजेट खुम्चिँदै गएको खानेपानी मन्त्रालयका पदाधिकारीको भनाइ छ ।
सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म
पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँ सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्छ । सूर्यदर्शन घोटालाका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईको घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदीमा पर्छ । ओखलढुङ्गाका अध्यक्ष र रामेछापका बासिन्दा उपाध्यक्ष रहेको पालिकास्तरको यो सहकारीबाट कास्कीमा एक अर्ब ३५ करोड ५३ लाख अपचलन भएको छ । जिबी, उहाँका दाजु भूपेन्द्र र पूर्वअध्यक्ष थानबहादुर बुढाविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
गरिबको गाई सानन बाख्रा !
सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको । दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाईसमेत भन्ने गरिएको छ । बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार गाई, भैँसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दुधका लागि सानन बाख्रा नै उपयुक्त हुन्छ ।
शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता
“बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।” यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो ।
नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु
नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो । सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।