‘गोरखापत्रको बिरासत यसको विश्वसनीयता हो’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गोरखापत्र परिसरमा प्रदर्शनीका लागि राखिएका तस्बिरले नेपालको मौलिकता र ऐतिहासिकता बोकेको बताउनुभएको छ ।
कान्तिपुरका ९५२ बचतकर्ताको जाहेरी
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताउनुभएको हो ।
काँचुली फेरियो केशर महलको
उपत्यकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तस्बिर तथा भिडियो खिच्नका लागि सुन्दर गन्तव्यस्थलको खोजीमा हुनुहुन्छ ? काठमाडौँ सहरको मध्य भागमा नयाँ भव्य गन्तव्यस्थल तयार भएको छ । त्यहाँ गई निःशुल्क थरी थरीका तस्बिर र भिडियो मज्जाले खिच्न पाइने छ । हो, केशर महलको पुनर्निर्माण पूरा भएको छ । यसको स्वरूप परिवर्तन भएर भव्य, सुन्दर र आकर्षक बनेको छ । त्यहाँ पुग्ने जोकोहीले पनि तस्बिर नखिची फर्किंदैनन् ।
पतिपत्नी नै मिलिजुली सहकारीका अध्यक्ष, सात अर्ब ८९ करोड हिनामिना
विद्यार्थी राजनीतिमा असफल भएपछि काभ्रेका चन्द्रबहादुर लामा (सिबी तामाङ लामा) २०५५ तिर सहकारी क्षेत्रतर्फ लोभिनुभयो । सहकारी खुल्ने र जनताबाट राम्रै बचत सङ्कलन हुने देखेपछि १५ वर्षअघि पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापना गर्नुभयो । सुरुवाती दिनमा सिबीले खोलेको सहकारीको नेतृत्व पत्नी सन्ती लामाले गर्नुभयो ।
अन्तरतह समन्वय र सहजीकरण तीव्र
सरकारले सङ्घीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्तरतह समन्वय र सहजीकरणलाई तीव्र पारेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहबिचको समन्वयका लागि विषयगत समिति गठन गरिएको छ । मन्त्रालयका सहसचिव एवं सङ्घीय मामिला महाशाखा प्रमुख सुमन दाहालका अनुसार सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई प्रादेशिक वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि र प्रणालीसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ । त्यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी मापदण्डलाई पनि अन्तिम चरणमा पु¥याइएको छ ।
नेपाली नर्सको नयाँ गन्तव्य खाडी
नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।
‘सरकारी मिडियाको पुँजी भनेकै पाठकको विश्वास हो’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मिडियाको सबैभन्दा ठूलो पूँजी पाठक, स्रोता र विश्वास भएकाले त्यसका लागि गोरखापत्र संस्थानका प्रकाशन जहिले चनाखो हुनुपर्ने बताउनुभएको छ ।
यथार्थपरक र संयमित बजेट
आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट (आयव्यय अनुमान) प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ६.२ प्रतिशत ठुलो बजेट प्रस्तुत गर्नुभएको हो । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस : आरोहणमा कीर्तिमानै कीर्तिमान
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।
‘उत्कृष्ट व्यवस्था’
सभ्यताको उद्विकाससँगै विश्वभरि अभ्यास भएका राजनीतिक व्यवस्था क्रमशः रूपान्तरण र परिवर्तन हुँदै आएका छन् । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था पनि नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक रूपान्तरणसँगै स्थापना भएको हो । गणतान्त्रिक व्यवस्थाले न्यायालयको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, कानुनी शासन, विधिको शासन सुनिश्चित भएको छ । विश्वमा अभ्यासमा आएकामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्कृष्ट व्यवस्था मानिन्छ ।
नागरिकलाई सार्वभौम बनाउने गणतन्त्र
१७ औँ गणतन्त्र दिवस मनाइरहँदा देशका नागरिकलाई प्रजा ठान्ने सामन्ती शासनको बिदाइसँगै हरेक नेपाली सार्वभौम अधिकार सम्पन्न नागरिक भएका छन् ।
भत्तासँगै छाता र लौरो उपहार
खानीखोला गाउँपालिकाका जनप्रतिनिधि सामाजिक सुरक्षा भत्ताबापतको रकमका साथमा लौरो र छाता पनि बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।
भौतिक पूर्वाधारमा द्रुत विकास : रेलपछि सुरुङमार्गमा प्रवेश
जनक्रान्तिको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा हुँदा देशको भौतिक पूर्वाधारमा पनि तीव्र विकास भएको छ । यस अवधिमा देशमा सडक, पुल, रेल, सुरुङमार्गसहित पूर्वाधार निर्माणमा द्रुत प्रगति हासिल भएको हो । गणतन्त्र स्थापनापछि सङ्घ, प्रदेश र स्थानीय सरकारको संयोजनका कारण सडक सञ्जालको विस्तारमा अपेक्षाकृत सफलता हासिल भएको छ । ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नो गाउँबाट एक घण्टा पैदल यात्रामा सडकमार्गसम्म पुग्न सक्ने भएका छन् । २०६४ मा पाँच हजार ४०२ किलोमिटर पक्की सडक रहेको थियो । सडक विभागका अनुसार अहिले सडक विस्तार १६ हजार ६१४ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सडक विभाग अन्तर्गत निर्माण भएका सडकको जम्मा लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ ।
गणतन्त्रपछिको शिक्षा : संरचना र गुणस्तरमा परिवर्तन
गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा थुप्रै नीतिगत परिवर्तन देखिएका छन् । त्यस्ता परिवर्तनबाट शिक्षा क्षेत्र पनि लाभान्वित भएको छ । गणतन्त्रको प्राप्तिसँगै प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा संरचनात्मक तथा गुणात्मक परिवर्तन थपिने क्रम जारी छ । हाल देखिएको परिवर्तनलाई संस्थागत गर्न सकिएमा आउने दिनमा शिक्षा क्षेत्रमा अझै विकासको अपेक्षा गर्न सकिने यस क्षेत्रका जानकारहरूको भनाइ छ । मुलुक गणतन्त्रमा प्रवेश गरेको करिब एक दशकपछि अर्थात् २०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन जारी भएको थियो । प्रत्येक नागरिकले राज्यबाट आधारभूत (कक्षा ८) सम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा पूर्ण निःशुल्क पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न उक्त ऐनले मद्दत पु¥याएको छ । तर अझै पनि थुप्रै बालबालिका विद्यालयबाहिर रहनु, अपाङ्गता भएका र
आँगनमा खानी र जडीबुटीको भण्डार
कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ । खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।
गोरखापत्रमा फोटो पत्रकारिता सन्दर्भको चर्चा
त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग अन्तर्गतको एमफिल–पिएचडीका प्रोफेसर तथा विद्यार्थीले गोरखापत्रमा राखिएको फोटो प्रदर्शनीको अवलोकन तथा छलफल गर्नुभएको छ ।
हिमाल जोगाउन सहकार्यको खाँचो
हिमाल जोगाउन विश्व समुदायको सहकार्यसँगै दीर्घकालीन रणनीतिसाथ अगाडि बढ्नुपर्नेमा नेपालसहित विभिन्न मुलुकका सरकारका प्रतिनिधि तथा विज्ञहरूले जोड दिनुभएको छ । काठमाडौँमा बुधबार सुरु भएको अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रमा उहाँहरूले जलवायु परिवर्तनको असरले हिमालको हिउँ पग्लिने क्रम उच्च बनेकोमा चिन्ता व्यक्त गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथासहित हिमालको हिउँ पग्लिनु नेपालको मात्र चिन्ताको विषय नभएको बताउनुभयो । हिमाल संरक्षणको नेतृत्वदायी भूमिकामा नेपालले कोप–२८ सम्मेलनदेखि नै पहल थालेको र यस सम्मेलनबाट विश्वका हिमाल र समुद्री तथा टापु देश एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हिमालमै हिउँ जोगाउन सकस
नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने क्रम उच्च बनेसँगै विभिन्न भूगोलका समुद्रको सतह बढ्दै गएको छ । यसले हिमालमा नै हिउँ जोगाउन चुनौती बनेको छ । यसका साथै हिउँ पग्लेर नदी हुँदै गेग्य्रान समुद्रमा पुग्दा समुद्रको बिच बिचमा पहाड बन्न थालेका छन् । स्मिट ओसन इन्स्टिच्युटले यसै वर्ष प्रकाशन गरेको अध्ययनको तथ्य अनुसार समुद्रमुनि चार वटा पहाड फेला परेका छन् । जसमध्ये सबैभन्दा अग्लो पहाड दुई मिटर चार सेन्टिमिटर उचाइको छ । यी नयाँ समुद्री पहाड कोस्टारिकाबाट चीन जाने समुद्री पथमा भेटिएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको तयारी, हिमाल जोगाउन पहल गरिने
नेपाल सरकारले आयोजना गर्न लागेको हिमाल, मानिस र जलवायु विषयक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रका अध्यक्षसहित २३ देशका ६१ विदेशी विज्ञ तथा पाहुना सहभागी हुनुहुने भएको छ । सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालयले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको तयारीबारे जानकारी दिँदै विदेशी विज्ञहरूले नेपालको वास्तविकतालाई नजिकबाट नियालेर भविष्यमा हुने कोप–२९ तथा अन्य वैश्विक मञ्चमा हिमाल जोगाउन पहल गरिने जानकारी दिएको छ । सो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
समस्याग्रस्त बाघ व्यवस्थापनमा समस्या
चितवनको सौराहानजिकै थुनेर राखेको बाघ आइतबार साँझ मरेको छ । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शनिबारदेखि एक्कासि बिरामी परेको पोथी बाघ आइतबार राति मरेको हो ।
वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर
बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि उपलब्ध गराएको छात्रवृत्ति कोटामा विद्यार्थी छनोटमा देखिएको गोलमालको घटना हालै सार्वजनिक भयो । गरिब, जेहनदार र पढाइमा तीक्ष्ण विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति कोटा वितरणमा मनपरी हुन लागेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले छानेका विद्यार्थीलाई मात्रै छात्रवृत्ति उपलब्ध गराउन नेपालस्थित बङ्गलादेशी दूतावासलाई आग्रह गरेको थियो । यस घटनाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छिमेकी तथा मित्रराष्ट्रहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा अझै पनि पहुँचको भरमा वितरण हुने गरेको उजागर गरेको छ ।
त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
भेरी कोरिडोर अन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४, छरेबगर र जाजरकोटको नलगाड नगरपालिका–१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको बेलिब्रिज सञ्चालनमा आएको छ । त्रिदेशीय व्यापारिक सडक भेरी कोरिडोरको प्रमुख पूर्वाधारका रूपमा रहेको तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएको छ ।
तराईमा लटरम्म स्याउ
कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ ।
जातीय विभेद सामाजिक मनोविज्ञान
नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ । सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् । हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा