सूचना प्रविधिको ‘हब’ बनाउने तयारी
नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन नेपाल सरकार अग्रसर रहेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र ‘स्टार्टअप’ लाई एकै थलोबाट सञ्चालन गर्ने गरी नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउने तयारीमा नेपाल सरकार लागेको हो ।
अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब
शिथिलताबिच पनि चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रमा सुधार आउने देखिएको छ । खासगरी सेवा क्षेत्र विस्तार हुँदा अर्थतन्त्रले सुधारको गति लिने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्रमा ३.८७ प्रतिशतको वृद्धि भई अर्थतन्त्रको आकार साढे तीन खर्बले बढ्ने प्रारम्भिक अनुमान गरेको हो । त्यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब चार अर्ब पुग्ने अनुमान कार्यालयको छ । गत आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको संशोधित अनुमान गरिएको छ ।
दर्शनटुप्पो बन्यो विकृतिको अखडा
नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघि बनेको भ्यु टावर सञ्चालनमा नआउँदा दारु खाने अखडा बनेको हो । टावर निर्माणको काम सकिए पनि सञ्चालन गर्ने निकायको अभावमा भवन लथालिङ्ग छ । “वडालाई सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ । रेखदेख नहुँदा भ्यु टावरको गेटमा लगाएको तालासमेत फोडेर माथिल्लो तला दारु खाने अखडा भएको छ,” कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले भन्नुभयो ।
लगानी सम्मेलन सम्पन्न, आठ वटा लगानी समझदारीमा हस्ताक्षर
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई दिनको अवधिमा विभिन्न आठ वटा समझदारी पत्रमा हस्ताक्षर गरेर सोमबार सम्मेलनको औपचारिक समापनको घोषणा गरिएको हो ।
तातो हावाले स्वास्थ्यमा समस्या
एक सातायता बढेको तातो हावाका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रमको रेड जोनमै परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
न देखिन्छ हिमाल, न उड्छ जहाज : प्रदूषणले जनजीवन प्रभावित
बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका लगानीकर्ता नेपालमा
एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुने छ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ ।
लगानीको महामेला
अर्थतन्त्रबारे उत्साहप्रद खबर सुनिन छाडेको लामो समयको अन्तरालपछि मुलुककै लागि आशा जगाउन सक्ने एउटा महत्वपूर्ण कार्यक्रम सन्निकट छ । त्यसैले पनि हुन सक्छ, लगानीका लागि तत्पर लगानीकर्ताहरूलाई भेला गराउने उद्देश्यसहित भोलि (आइतबार) देखि दुई दिन(सोमबार) सम्म आयोजना हुने ‘तेस्रो लगानी सम्मेलन’ तर्फ धेरैको चासो र भरोसासहितको नजर सोझिएको छ । अर्थतन्त्रले सहज दिशा पहिल्याउन नसकेको पृष्ठभूमिमा आयोजना हुन लागेको सम्मेलनले मूच्र्छित आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा त छ नै, सँगै लगानीको उपयुक्त गन्तव्यको रूपमा मुलुकलाई चिनाउने अवसर प्राप्त हुने सरकारको विश्वास छ । विदेशी तथा स्वदेशी लगानीकर्तासहित नीति निर्माता, दातृ निकाय, कूटनीतिक नियोग र विभिन्न देशका
इलाम र बझाङमा आज मतदान
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदै छ । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ । मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ । मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगले मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातामा आह्वान गरेको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँकतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना हुन सक्नेमा आयोग सचेत रहेको र त्यस प्रकारको गतिविधि सिर्जना गर्ने वा गराउन खोज्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
सेतीको खोच सधैँ खतरा
पोखरा उपत्यकालाई मध्य भागबाट चिरेर बग्ने सेती नदीले पोखरावासीलाई बारम्बार स्तब्ध बनाइरहन्छ । कतै देखिएर र कतै लुकेर बग्ने सेतीको खोच पोखरेलीलाई सम्पदा कम र खतरा बढी साबित भएको छ । अघिल्लो वर्ष यो खोचमा आठ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको हालसम्ममा १० जनाको जीवन खोचमै समाप्त भएको छ ।
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
१६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा बृहत् छलफल गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय निकायका प्रतिनिधिलगायत समेटर १६ औँ योजनाका प्रस्तावहरूमाथि मिहिन छलफल गराएको हो ।
विद्यालयको तीनतिर पहिरो
नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्यार्थीको ज्यान जोखिममा छ । समुद्री सतहदेखि ९२७ मिटर उचाइमा रहेको यो विद्यालयलाई पश्चिमतिरबाट पहिरोले छुन ५०/६० मिटर मात्र बाँकी छ । त्यसै कारण विद्यालयको बिमसमेत चर्किइसकेको छ । पहिरोको त्रासले हरेक वर्ष विद्यार्थीको सङ्ख्या घटिरहेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा २४० जना विद्यार्थी अध्ययनरत रहेकोमा यस शैक्षिक सत्रमा घटेर २२३ जना मात्र भर्ना भएका छन् ।
सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव
देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनिक जग्गाको संरक्षण गरे पनि संरक्षण गरिएको जग्गाको यकिन विवरण सङ्घीय सरकारलाई नपठाउँदा संरक्षण भएका जग्गाको पनि अभिलेख एकीकृत हुन सकेको छैन । तीन महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेपछि अहिलेसम्म तीन सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य स्थानीय तहले मन्त्रालयलाई विवरण नै पठाएका छैनन् ।
गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट
गोरखापत्र संस्थानको मुख्य प्रकाशन गोरखापत्र दैनिक र द राइजिङ नेपाल दैनिकको ग्राहकका लागि ३३ प्रतिशत छुटको सुविधा सार्वजनिक गरेको छ । संस्थानले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ वर्ष २०८१ साल देखि जेठ महिनाभर यो अफर ल्याएको जनाएको छ ।
रोनाल्डोका सन्तान कतार जाने
रोनाल्डो, फुटबल र कतार यी तीन विश्वमा चर्चित नाम हुन् । पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व विख्यात छन् । फुटबल आफैँ लोकप्रिय खेल हो र कतारले सन् २०२२ को विश्वकपको सफल आयोजना गरिसकेको छ । अब यी तीनसँग नेपाल र हात्तीको पनि सम्बन्ध जोडिन लागेको छ । कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको नाम रोनाल्डो रहेको छ ।
लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस
लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे
बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयले यही स्कुलमा छोराछोरी पढाउँथे । अहिले यो विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ ।
बढ्दो आगलागी घटना: पाँचको मृत्यु, साढे ११ करोड क्षति
गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।
भर्नामा छुटे राउटे बालबालिका
सरकारले प्रत्येक समुदायमा पुगेर समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासाथ विद्यार्थी अभियान २०८१ सञ्चालन गरिरहेको छ तर राउटे बालबालिकासम्म विद्यार्थी भर्ना अभियान पुग्न सकेको छैन । लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने मान्यताले राउटे समुदाय पछिल्लो समय सामाजिक संस्कारसँग जोडिँदै आएका भने छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा जोड्न नसक्दा राउटे समुदायका बालबालिका शिक्षाको अवसरबाट टाढिएका छन् । राउटे परियोजना सञ्चालन गरिरहेको एक गैरसरकारी संस्थाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे बालबालिकामा पढ्ने इच्छा भएको भए पनि अभिभावकले नै पढ्न नदिने गरेको बताउनुभयो । उहाँले बालबालिकालाई छ वर्षदेखि नाम लेख्न र अक्षर सिकाउन लागिएको भए पनि त्यो काम पनि समुदाय बसेको ठाउँभन्दा अलि टाढैबाट गरिरहेको जानकारी दिनुभयो ।
समस्याग्रस्त बिस सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी
सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ । २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ ।
बसाइँसराइले रित्तिँदै गाउँ
नवलपुरको बौदीकाली गाउँपालिका–१, डेढगाउँ यो क्षेत्रका लागि सहर हो । राष्ट्रिय प्रसारणको लाइन नपुगे पनि वैकल्पिक ऊर्जाले गाउँ झिलिमिली छ । गाउँमै सरकारी र बोर्डिङ स्कुल सञ्चालित छन् । सञ्चार सुविधाको कमी छैन । स्वास्थ्य चौकी नजिकै छ । बौदीखोलाबाट ल्याइएको पानीको नहरले जहाँतहीँ सिँचाइ हुन्छ । पिउने पानी छ्यालब्याल छ । अझ अजङ पहरा छिचोल्दै गाउँमै पुगेको कालीगण्डकी कोरिडोरले सजिलैसँग गाउँ र सहरलाई जोडेपछि यहाँका बासिन्दाको जीवनशैली नै परिवर्तन गराएको छ । सबैभन्दा राम्रो त गाउँको हावापानी छ अनि विषादीमुक्त फलफूल र तरकारी ।
गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु
प्राकृतिक, सांस्कृतिक, पर्यटकीय तथा साहसिक पर्यटनका हिसाबले महत्त्वपूर्ण गण्डकी प्रदेश हो । प्रदेशभित्रका ११ जिल्ला आआफ्नै विशेषता र फरक फरक पहिचान बोकेका छन् । मौलिक कला, संस्कृतिले भरिपूर्ण प्रदेशका ऐतिहासिक सम्पदाहरू यहाँका अमूल्य गहना हुन् । नेपालमा घुमफिरको संस्कृतिले व्यापकता पाउँदै गएको छ । यसरी घुम्नेहरूको समूहको ठुलो सङ्ख्या गण्डकी प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकनका लागि पुग्ने गरेका छन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा गत महिना मात्र नेपालको पर्यटकीय राजधानी घोषणा गरियो । गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र
बैङ्क खाता खोल्दै राउटे समुदाय
‘पैसा छोए पाप लाग्छ’ भने मान्यता राख्ने फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश गरेका छन् । सरकारले उनीहरूलाई दिने गरेको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फतै बुझ्न उनीहरू सहमत भएका छन् । त्यसका लागि खाता खोल्न थालिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राउटे समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएका हुन् ।
सगरमाथा आरोहण गर्न नयाँ बाटो
सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो ।