पृथ्वी राजमार्गमा सवारी आवागमन गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
पृथ्वी राजमार्ग पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरू भएसँगै मुग्लिन–पोखरा खण्ड शनिबार देखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द गरिएको छ ।
ममदानीसँगको भेटमा आठ शान्ति-सम्झौता गराएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको द्वन्द्व न्यूनीकरणमा आफैँले निर्वाह गरेको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्याउनुभएको छ ।
स्याङ्जाका बालबालिकाले घन्काए पञ्चेबाजा
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता माविका बालबालिका प्रथम भएका छन् ।
अफ्रिकाको पहिलो जी-२० शिखर सम्मेलनः महत्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबिच सुरु
अफ्रिकी भूमिमा पहिलो पटक आयोजना भएको समूह-२० (जी-२०) शिखर सम्मेलन शनिबार अत्यन्तै महत्वाकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ ।
एनपिएल : कर्णालीका मार्क वाटको शतकमा झुक्यो लुम्बिनी
कर्णालीका मार्क वाटले अविजित विस्फोटक शतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।
भारतको नयाँ सुरक्षा-प्लेबुकः संयमभन्दा अगाडि बढेर राष्ट्रिय प्रतिरोधको पुनः परिभाषा
भारतको परम्परागत रणनीतिक संयमले गत दशकका प्रमुख आतङ्कवादी घटनाक्रम र जनस्तरका कडा अपेक्षालाई चुनौती दिँदै एक नयाँ, दृढ र प्रष्ट सुरक्षा सिद्धान्तका लागि मार्ग बनाइरहेको छ ।
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।
पालिकालाई लयमा फर्काउन १० बुँदे प्राथमिकता सार्वजनिक
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीले सुशासन, पारदर्शिता र जनमुखी सेवालाई प्राथमिकतामा राखेर नेतृत्व अघि बढाउने घोषणा गर्नु भएको छ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुईदिने राजकीय भ्रमणका लागि शनिबार ढाका आइपुग्नुभएको छ ।
एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको खेलमा जितका लागि लुम्बिनी लायन्सले कर्णाली याक्सलाई एक सय ५७ रनको लग्क्ष्य दिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेशमा जान तयार छ : डा.रावल
नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
गुल्मीमा थपिए २८ सय बढी नयाँ मतदाता
गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म गुल्मी जिल्लामा २८ सय २३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमाया
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालकी एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल
खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न साझेदारसँग छलफल आयोजना गरेको छ ।
उत्तरी युरोपदेखि मेचीनगर आइपुगे हुटिट्याउँको बथान
उत्तरी युरोपदेखि हजारौँ किलोमिटर यात्रा गर्दै आकर्षक पक्षी हुटिट्याउँको एउटा बथान मेचीनगर आइपुगेको बताइएको छ ।
हुम्लामा सहुलियत मूल्यको खाद्यान्न कोटा थप
राजन रावत हुम्ला, मङ्सिर ६ गते । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न कोटा थप गरेको छ । यसअघि लिमिटेडले सिमकोट शाखा र दुई वटा डिपोबाट निर्धारण गरेको खाद्यान्न सबै बिक्री भएपछि उक्त मूल्यको खाद्यान्न थप गरिएको हो । लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न कोटा थप भएको छ ।सो थपिएको सहुलियत मूल्यको खाद्यान्न शाखा र डिपोमा बिक्री समेत सुरु भएको उहाँले बताउनुभयो ।उहाँका अनुसार दोस्रो पटक थपिएको सहुलियत मूल्यको खाद्यान्न कोटामा दुई हजार पाँच सय क्विन्टल खाद्यान्न एक सय क्विन्टल चिनी र दुई हजार लिटर तेल रहेको छ । यो सहुलियत मूल्यको खाद्यान्न उपभोक्ताको माग अनुसार लिमीटेडले थप गरेको हो । गत भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो । हालसम्म दुई हजार ४०३ क्विन्टल खाद्यान्न, ४४ दशमलव ४९ क्विन्टल चिनी र दुई हजार २३९ लिटर तेल बिक्री हुँदा एक करोड ८६ लाख १५ हजार ५३४ रुपियाँको बिक्री भएको छ । खाद्यान्न बिक्रीमा शाखासँग सात प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहना अनुसार सबै खाले चामल बिक्री भई रहेको छ । उपभोक्ताको आवश्यकता अनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको थियो । त्यसैगरी अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगर, सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो, नाम्खा गाउँपालिकाको बिक्री केन्द्र याल्वाङबाट सहुलियत पसलबाट खाद्यान्न बिक्री भएको थियो । लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो ।
युक्रेनद्वारा अमेरिकी शान्ति-योजनासम्बन्धी तीव्र प्रतिक्रिया
युक्रेनले युद्ध अन्त्य गर्न अमेरिकी पक्षबाट ल्याइएका प्रस्तावमा प्रतिक्रिया तयार गर्ने कार्य तीव्ररूपमा अघि बढाएको छ । उक्त योजनामा रूसी महासङ्घका कडा र गम्भीर माग समावेश गरिएका छन् ।
स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित
राधाकृष्ण डुम्रे वालिङ (स्याङ्जा), मङ्सिर ६ गते । स्याङ्जाको चापाकोट नगरपालिका–४ मा सञ्चालन भएको वृहत स्वास्थ्य शिविरबाट सात सय २७ जना लाभान्वित भएका छन् । गाउँमा नै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध हुने भए पछि चापाकोट सहित छिमेकी हरिनास र बिरुवा गाउँपालिकाबाट पनि नागरिक शिविरमा पुगेका थिए । खुमा अर्याल फाउन्डेसनले आफ्नो सातौँ स्थापना दिवसको अवसर पारेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । फाउन्डेसनले स्थानीय मल्याङकोट स्वास्थ्यचौकी दार्सिङमा चापाकोट नगरपालिकाको समन्वय, गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचार गराउन आएकाहरू मध्ये जटिल समस्या भएका बिरामीहरूका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । रिफर गरिएका बिरामीका लागि औषधीमा पाँच प्रतिशत र सेवामा २० प्रतिशतसम्म छुट दिइने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको भनाइ छ । शिविरमा महिलाको पाठेघरको क्यान्सरको लागि विशेषज्ञ परीक्षण एवम् भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इको, इ सि जि तथा प्रयोगशाला सेवा समेत उपलब्ध थियो । खुमा फाउन्डेसनले हरेक वर्ष फाउन्डेसनले स्थापनाको अवसरमा मङ्सिर ५ मा विभिन्न रचनात्मक र राहत मूलक कार्यक्रमहरू आयोजना गरेर दिवस मनाउँदै आएको छ । शिविरमा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाण (ईश्वर)ले फाउण्डेसनले विकट गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिँदा गाउँका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । कार्यक्रममा उद्यमी तथा फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले आफूहरूले विकट गाउँका नागरिकलाई लक्षित गर्दै स्वास्थ्य सेवा दिने अभियान नै चलाएको जानकारी दिनुभयो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मधु रोका, वरिष्ठ रेडियोलोजिस्ट डा. केशव शर्मा, वरिष्ठ नाक कान, घाँटीरोग विशेषज्ञ डा. सञ्जय कोइराला, स्त्रीरोग विशेषज्ञ डा. विनीता शर्मा, वरिष्ठ हाडजोर्नी, बाथ तथा छाला रोग विशेषज्ञ डा. ईश्वर कडेल, छाला रोग विशेषज्ञ डा. रक्षा पाठक, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. उज्ज्वल कोइराला, बालरोग विशेषज्ञ डा. सन्दीप पोख्रेल र जनरल सर्जन डा. आनन्द भट्टराई लगायतका वरिष्ठ स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
बेवारिसे अवस्थामा ११ राउण्ड गोली फेला
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको छ ।
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ ।
शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेका छ । विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो ।
बारपाक–लाप्राक सडक अलपत्र हुँदा स्थानीयलाई सास्ती
गोरखाको प्रसिद्ध पर्यटकिय क्षेत्र बारपाक–लाप्राक सडक निर्माण कार्य ठेकदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र हुदाँ स्थानीयलाई सास्ती भएको छ ।
बाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ ।
सप्तरीमा मोबाइल चोरीको घटना : एक महिलासहित चार पक्राउ
सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।