शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको खेलमा जितका लागि लुम्बिनी लायन्सले कर्णाली याक्सलाई एक सय ५७ रनको लग्क्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको छ ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउनुभयो । यस्तै रुबेन ट्रम्पलमानले खविजित २९, जोहानीस जोनाथन स्मितले २३ र डी’आर्की शर्टले १९ रन बनाउनुभयो । अन्य अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नन्दन यादवले दुई विकेट लिनुभयो । यस्तै सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट झार्नुभयो ।