दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण
गुल्मी र स्याङ्जा जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको एक दशकभन्दा बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ ।
बागलुङमा जेबिसीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु
बागलुङको ताराखोला गाउँपालिका–५ कराचेमा निर्माणस्थलमा रोकिएको जेसीबीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।
“रानीशैन क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका बिच प्रहरी चौकी स्थापना गर्न माग”
जिल्लाको पर्यटकीय तथा औषधीय महत्त्व बोकेको रानीशैन हिमाल क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । चोरी–सिकारी, अवैध जडीबुटी सङ्कलन तथा तस्करी गतिविधि तीव्र बन्दै गएपछि गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो ।
बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका गर्न निर्देशिका सार्वजनिक
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा राजविराज नगरपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीतिसहितको निर्देशिका सार्वजनिक गरेको छ ।
मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ ।
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ ।
बिरुवामा बन्यो आधारभूत अस्पताल
बिरुवा गाउँपालिकाले वडा नं.– ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल बनेको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेर चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।
प्रथम हरिपुर गोल्डकप सुरु
प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीले विजयी सुरुवात गरेको छ ।
लुम्बिनी प्रदेशमा थपिए २४ मतदानस्थल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् ।
फिदिममा १५ दिने हाड जोर्नी शिविर : ७९ जनाको अप्रेसन
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ ।
उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी : तीन तले आवास जलेर नष्ट
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ ।
फरार प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले चार वर्ष १८ दिन कैद सजाय पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सहज बन्दै आँखा उपचार : आठ स्थानीय तहमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो । एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएको कुँवर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६८ पैसा र बिक्रीदर १४४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेस पनि सर्वोच्च अदालतमा
विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् ।
पोखराको टुँडिखेलमा ल्होछार महोत्सव हुने
पुस १५ ताका दुई संवत फेरिन्छन् । इस्वीसंवत् २०२६ सँगसँगै गुरुङहरुको नयाँ वर्ष अर्थात् तमु ल्होसार पनि पर्छ ।
स्काभेटरमा ढुङ्गा खस्दा सहचालकको मृत्यु
बागलुङमा स्काभेटरमा ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिका वडा ५ मराम भन्ने स्थानमा आइतबार दिनको करिब ११ः ३० बजे स्काभेटर चलाइरहनेक्रममा स्काभेटरभन्दा माथिबाट ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको हो ।
अनियमितताको आरोप : आवास कम्पनीका प्रमुखलाई कालोमोसो
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो दलेका छन् ।
बङ्गलादेशमा विद्रोह : सामूहिक चिहान उत्खनन सुरू
बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।
श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र
श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ६१८ जनाको ज्यान गएको छ ।
जिम्मेवार पत्रकारिताको विकासका निम्ति प्रेस काउन्सिल प्रभावकारी बन्नुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वतन्त्र, निश्पक्ष, मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपालले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ।