शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ (गलकोट), मंसिर २१ गते। बागलुङमा स्काभेटरमा ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिका वडा ५ मराम भन्ने स्थानमा आइतबार दिनको करिब ११ः ३० बजे स्काभेटर चलाइरहनेक्रममा स्काभेटरभन्दा माथिबाट ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुने स्काभेटर सहचालक रोल्पाका विशाल पुन मगर रहेको ताराखोला गाउँपालिकाको अध्यक्ष धनबहादुर बिक (हिमाल) ले बताउनुभयो । ताराखोला गाउँपालिका ५ का बलबहादुर रोका मगरले आफ्नो निजी घर निर्माणका लागि मराम भन्ने स्थानमा ढुङ्गा निकाल्न स्काभेटर प्रयोगमा ल्याउनुभएको थियो । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाइसकेको ताराखोला प्रहरी चौकी घुस्मेलीले जनाएको छ ।