कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
धनुषाको मिथिला नगरपालिका–२, हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
झापामा एक व्यक्तिको शङ्कास्पद मृत्यु, दुई जना पक्राउ
बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक व्यक्तिको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको हो ।
अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा मनाङमा रौनक
अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले पर्यटकको चहलपहल निकै बढेको छ । विशेषगरी वर्षायाम सकिएर खुलेको मौसमका कारण मनाङमा आउने विदेशी पर्यटकको दैनिक सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा व्यापार–व्यवसायसमेत फाइदा उन्मुख बनेका छन् ।
रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ३८ वर्षीय बिनोद राउतको ज्यान गएको हो ।
भालुको आक्रमणबाट तीन जना घाइते
जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
बाँकेमा १६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
पर्यटकलाई लक्षित गरी राप्तीमा नौका विहारका लागि नयाँ रुट सञ्चालन
पर्यटकिय नगरी सौराहा आउने पर्यटकलाई लक्षित गरी राप्ती नदीमा नौका विहारका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको छ । निकुञ्जको पूर्वि क्षेत्रमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्मको राप्ती नदीमा नयाँ रुट सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय परिचयपत्र मार्फत एक हप्ता थपिए ६ हजार मतदाता
सरकारले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा नै स्याङ्जामा ६ हजारभन्दा धेरै मतदाता थपिएका छन् ।
अहिलेको मौसम उपयुक्त रहेकाले कामलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
न्वागी पर्वमा सार्वजनिक बिदा
न्वागी पर्वको अवसरमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार न्वागी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तनहुँमा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र
तनहुँका पहाडी बस्तीमा यतिबेला सुन्तलाको रङले डाँडा–काँडा झन् सुनौलो देखिन थालेको छ । किसानको मेहनत, अनुकूल मौसम र बजारको बढ्दो मागसँगै जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र बन्दै गएको छ ।
एनपीएलःसोमबार दुई खेल हुने
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।
सिडिओ कार्यालय अगाडिको अव्यवस्थित पार्किङ हटाइयो
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडिको सडकमा रहेको अव्यवस्थित पार्किङ हटाइएको छ । मलङ्गवा नगरपालिका १० नं. वडा कार्यालयले सिडिओ कार्यालय अगाडिको सडकमा अवस्थित मोटरसाइकल पार्किङ हटाएको हो ।
म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ ।
राम–सीता विवाह उत्सवको तयारी गर्दै रामपुर
धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्न रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा राम–सीता विवाह उत्सवको तयारी गरेको छ ।
अमाह सिमसार पर्यटकीय गन्तव्य
बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ ।
रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी
मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ ।
सावधानी अपनाउन प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् ।
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका हुन् ।
गन्धर्व समुदायको परम्परागत सिप संरक्षणमा चुनौती
गन्धर्व समुदायको परम्परागत सिप संरक्षणसँगै नयाँ पुस्तालाई सारङ्गी बजाउन सिकाएर आयआर्जनसँग जोड्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशिक्षकका लागि सार्वजनिक सूचना निकाल्यो ।
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो ।
बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा
प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।
बन्दीपुर भ्रमण वर्ष : आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।