• ७ पुस २०८२, सोमबार

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा

blog

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे ।

ढाका, मङ्सिर ६ गते । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुईदिने राजकीय भ्रमणका लागि शनिवबार ढाका आइपुग्नुभएको छ । भुटानी प्रधानमन्त्री तोब्गेलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एचएसआईए) मा अवतरण गरेपछि बङ्गलादेशका मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले स्वागत गरेको जनाइएको छ ।  

दुई नेताबिच विमानस्थलको भिआइपी लाउन्जमा छोटो बैठक भएको थियो भने प्रधानमन्त्री तोब्गेले शुक्रबारको भूकम्पले गर्दा भएको क्षतिको बारेमा सोधपुछ गरी पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो । बैठकपछि, तोब्गेलाई अस्थायी सलामी मञ्चमा १९-तोपको सलामी र गार्ड अफ अनर दिइएको जनाइएको छ ।  

विमानस्थल समारोहपछि भुटानी प्रधानमन्त्री बङ्गलादेशको मुक्ति युद्धका शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्न साव स्थित राष्ट्रिय शहीद स्मारकमा जानका लागि प्रस्थान गर्नुभएको छ । उहाँले शहीद स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ । बङ्गलादेशका विदेश सल्लाहकार र वाणिज्य सल्लाहकारले दिउँसो ३:०० बजे मुख्य सल्लाहकार मुहम्मद युनुससँग तेजगाँव क्षेत्रस्थित उहाँको कार्यालयमा भेटवार्ता गर्नुअघि भुटानी नेतालाई भेट्ने अपेक्षा गरिएको छ । रासस/एएनआई